मरिण गाउँपालिकाद्वारा विउ पाठि र विउ बोका उपहार पाएपछि कृषक खुसि

चैत्र २०, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाका कृषक विउ पाठि र विउ बोका उपहार पाएपछि खुसि भएका छन् ।
मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारीमा कृषि तथा पशु पालन उद्यमशिलता विकास परियोजना अन्तर्गत ७ वटै वडाका कृषकलाई बिउ पाठि र बिउ बोका बितरण गरिएको हो ।
हाल विद्यमान परम्परागत तथा निर्वाहमूखी कृषि तथा पशुपंक्षी पालन पद्दतिमा सुधार ल्याई आधुनिक तथा व्यवसायीकता तर्फ उन्मूख गराउन उदेश्य सहित कृषकलाई बिउ पाठि र बिउ बोका बतिरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले बताउनु भयो । बाख्रामा गाउँपालिकालाई आतमनिर्भर बनाई निर्यात गर्ने मूख्य उदेश्य रहेको पनि उहाँले बताउनु भयो ।

प्रत्यक वडाका स्वावलम्वि समूहका सदस्यहरुलाई विउ वोका प्रति व्यक्ति १÷१ वटा र विउ पाठि प्रति व्यक्ति २÷२ वटा उपहार प्रदान गरिएको हेण्ड्स नेपालका परियोजना संयोजक मिन वहादुर राय ले जानकारी गराउनु भयो ।
हाल सम्म वडा नं.१ मा ५० विउ पाठि र ८ वटा विउ वोका,वडा नं.२मा ५० विउ पाठि र ८ वटा विउ वोका, वडा नं.३ मा ४६ विउ पाठि र ७ वटा विउ वोका,वडा नं.४ मा ४६ विउ पाठि र ६ वटा विउ वोका, वडा नं.५मा ४६ विउ पाठि र ८ वटा विउ वोका, वडा नं.६मा ४६ विउ पाठि र ८ वटा विउ वोका र वडा नं.७ मा ४७ विउ पाठि र ६ वटा विउ वोका गरी जम्मा ३३१ वटा विउ पाठि र ५१ वटा विउ वोका उपहार प्रदान गरिएको हेण्ड्स नेपाल मरिणका बिनोद जंग कार्किले जानकारी दिनुभयो ।
उक्त उपहार प्रदान गरिएको बिउ बोका र बिउ पाठिले सन्तान बृद्धि गरी कृषकको आर्थिकस्तरमा उन्नती हुने बिश्वास लिइएको छ ।