सिन्धुलीको जर्वुट्टा कला संग्राहलय देश कै नमुना संग्राहलय निर्माणको लागि पहल गर्छु : मन्त्रि श्रेष्ठ

चैत्र २०, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले सिन्धुलीमा अबस्थित विशम्बर लामिछानेद्वारा निर्मित जर्वुट्ट कलालाई देशै नमुना कला संग्राहलय निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
अमूल्य कलाको संकलन, संरक्षण र सम्बद्र्धनका लागि बागमती प्रदेश सरकाले निरन्तर सहयोग गर्दै जाने मन्त्रि श्रेष्ठले बताउनु हो ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकाल गाउँस्थित बिश्वम्भर लामिछानेको जरबुट्टा कला संग्रहालयको अबलोकन गर्नुहुँदै मन्त्रि श्रेष्ठले बागमती प्रदेश सरकारले लामिछानेको कलालाई संरक्षण र सम्बद्र्धन गर्नका लागि एउटा संग्राहलय भवन निर्माण गरिदिने बताउनु भयो ।
पेशाले कानुनव्यावसायी विश्वम्भर लामिछानेले झन्डै ३ दशक अगाडि घर नजिकै एउटा जरा फेला पारे । त्यस जरामा उनले कला देखे । जरालाई कलामा रुपान्तरण गरे । यसरी सुरु भयो लामिछानेको जर्बुट्टा कलायात्रा । आज उनले सिर्जना गरेका करिब ३०० थान अमूल्य जर्बुट्टा कला सिन्धुलीको कमलामाई– ४ ढकाल गाउँस्थित आफ्नै घरमा सजाएर राखिएको छ ।
मन्त्रि श्रेष्ठलेभ भन्नुभयो “देशविदेशबाट कलाप्रेमीहरू लामिछानेको कला हेर्न उनको घरमा पुग्छन् । मख्ख पर्छन् । कलामा डुब्छन् । कतिपयले कलाको संरक्षण र सम्बर्द्धनका लागि सहयोग गर्ने वचन पनि दिन्छन् । धेरथोर सहयोग पनि गर्छन् । यही क्रममा यसपटक बागमती प्रदेश सरकारले पनि लामिछानेको कलालाई संरक्षण र सम्बर्द्धन गर्नका लागि एउटा सङ्ग्राहलय भवन बनाइदिने निर्णय गरेछ । भवन बनेछ पनि । तर विडम्बना ! अमूल्य कला राख्न कलापूर्ण भवन बनेनछ, बनेछ केवल एउटा साँघुरो गोदाम घर । प्रदेश सरकारको मन्त्रीको हैसियतमा प्रदेश सरकारको लगानीमा बनेको यस भवन हेरेपछि लाजले पानी–पानी भएँ । ”
लामिछानेको घरको साँघुरो कोठामा राखिएको अमूल्य जर्बुट्टा कला अब उहाँको निजी सम्पत्ति नभएर देशको सम्पत्ति बनिसकेको मन्त्रि श्रेष्ठको भनाई छ । लामिछानेले जीवनभरिको आफ्नो सिर्जनालाई जर्बुट्टा कला केन्द्र नामक संस्था बनाएर जिम्मा लगाइसक्नु भएको बताउनु भयो ।
“कलाको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्न आफ्नै जमिन दिनुभएको रहेछ । महंगो जमिनमा प्रदेश सरकारले बनाइदिएको संरचनाप्रति उहाँ सन्तुष्ट हुनुहुन्न । त्यस जमिनमा आफ्नो अमूल्य कला सङ्ग्रहण गर्न कलात्मक सङ्ग्रहालय बनाओस् भन्ने उहाँको चाहना छ । जुन एकदम आवश्यक पनि छ ।” मन्त्रिले श्रेष्ठले थप्नुभयो ।
अमूल्य कलाको संकलन, संरक्षण र सम्बर्द्धनका लागि बागमती प्रदेश सरकाले निरन्तर सहयोग गर्दै जाने मन्त्रि श्रेष्ठले प्रतिबद्धता गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *