कला संग्रहालय निर्माणको लागि आबश्यक बजेट बिनियोजन गर्छु : मन्त्रि श्रेष्ठ
चैत्र १९, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले राष्ट्रिय कलाघर सिन्धुलीको कला संग्रहालय निर्माणको लागि आबश्यक बजेट बिनियोजन गरिने बताउनु भएको छ ।
कमलामाई नगरपालिका ३ स्थित राष्ट्रिय कलाघर सिन्धुलीको अबलोकन गर्नुहुँदै मन्त्रि श्रेष्ठले चालु आर्थिक बर्षमा बागमती प्रदेशद्धारा बिनियोजित बजेट भन्दा दोब्बर बजेट बिनियोजन गरिने बताउनु भएको हो ।
राष्ट्रिय कलाघर सिन्धुलीका अध्यक्ष सुमन आले मगर(सुमन आइडु)ले नमुना कला संग्रहालय कलाघर भित्र रहने कलाहरु २८ बुदामामा उल्लेख गरेर मन्त्रि श्रेष्ठलाई बुझाउनुु भएको छ ।
कलाघरमा रहेको बिभिन्न आकारका कलात्मक कलाहरु देखेर मन्त्रि श्रेष्ठ प्रभावित हुनुभएको तर्क राख्नुभयो । उहाँले भन्नुभयो “एकजना युबकले टिम बनाएर बिभिन्न कलाहरुको निर्माण,कलाको संरक्षण र प्रबद्र्धन गर्नु भनेको सराहनिय कार्य हो । मैले फोटोमा देखेको थिए तर प्रत्यक्ष देखेर झन् प्रभावित भएको छु ।”
सुमन आइडु सिन्धुली जिल्लाले जन्माएको कलाक्षेत्रमा अगाडि बढ्दै गरेको भविष्यको एक पागल ब्यक्ति रहेको मन्त्रि श्रेष्ठको भनाई छ । कुनै कुराको भित्रै बाट पागलपन ननिस्की लक्ष्यमा पुग्न नसकिने बताउनु हूदै उहाँले यतिको पागलपनले सिन्धुली जिल्लामा मात्रै नभई राष्ट्रिय,अन्र्तराष्ट्रियस्तरमा नेपाल लाई चिनाउन सक्ने क्षमता बिकास भएको बताउनु भयो ।
कलाको महत्व सबैले गहिरिएर बुझ्न नसक्ने मन्त्रि श्रेष्ठको भनाई छ । कला, सस्कृती र अर्थतन्त्र भनेको एकअर्कासँग अनुन्याश्रित रुपमा जोडिने श्रेष्ठले बताउनु भयो ।
त्यस्तै मन्त्री श्रेष्ठले हाल कलाघरको कला संग्रहालय कलाघर निर्माणको लागि प्रारम्भिक भिजनले मात्रै नपुग्ने बताउनु भएको छ । कलाका बिभिन्न बिधाका बिज्ञहरु सँग कार्याशाला गरेर भौतिक रुपमा रुपान्तरण गर्नका लागि मदत पु¥याउने सल्लाह प्रदान गर्नुभएको छ ।
आफ्नै गृह जिल्लामै बिभिन्न कलाहरुको निर्माण, कलाको संरक्षण र प्रबद्र्धन गर्नको निम्ति कला संग्रहालय कलाघर निर्माणमा फ्रन्टमा बसेर काम गर्ने मन्त्रि श्रेष्ठले प्रतिबद्धता गर्नुभएको छ ।