छैटौं सिन्धुली महोत्सवको आम्दानी र खर्च सार्बजनिक

चैत्र १८,सिन्धुली/उद्योग बाणिज्य संघ सिन्धुलीले गत २०७९ पौष ८ देखी १८ गतेसम्म सिन्धुलीमाढीमा सञ्चालन गरेको छैटौं सिन्धुली महोत्सवको आम्दानी र खर्च सार्बजनिक गरेको छ । उद्योग बाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेर महोत्सवको आम्दानी र खर्च सार्बजनिक गरेको हो ।
महोत्सवबाट कुल १ करोड १९ लाख ७७ हजार ७ सय ६० रुपैया आम्दानी भएकोमा ८८ लाख ३९ हजार ३ सय ९१ रुपैया खर्च भएको र ३१ लाख ३८ हजार ३ सय ६८ रुपैया बचत भएको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ जानकारी दिनुभयो ।
अत्याधुनिक प्रबिधिको दम्कल खरिद गर्ने उदेश्य लिएर गत २०७९ पौष ८ देखी १८ गतेसम्म सिन्धुलीमाढीमा सञ्चालन भएको थियो ।
उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले ९ वटै पालिकाबाट आर्थिक संकलन गरि ५० लाख पु¥याएर कमलामाई नगरपालिकालाई दम्कल खरिदका लागि हस्तानतरण गरिने बताउनु भयो । उहाँले यहि आर्थिक बर्षभरीमा दम्कल खरिद गरीसक्ने पनि प्रतिबद्धता गर्नुभएको छ ।
जिल्लामा कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा मात्रै कम क्षमता भएको दम्कलले बढ्दो सहरीकरण लाई धान्न नसक्ने नगर प्रमुख उपेन्द्र पोख्रेलको भनाई छ । ९ वटै पालिकाले अबको आर्थिक बर्षमा दम्कल खरिद गर्नको लागि बजेट बिनियोजन गर्नुपर्ने उहाँले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *