अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीको अध्यक्षमा गौतम चयन

चैत्र १७, सिन्धुली/अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीको अध्यक्षमा जानुका गौतम (रेखा) सर्बसम्मत चयन हुनुभएको छ । अखिल ट्रेड युनियन महासंघ सिन्धुलीको चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा जानुका गौतम (रेखा) सर्बसम्मत चयन हुनुभएको हो ।

उपाध्यक्षमा भक्त श्रेष्ठ र रोशन दाहाल, सचिवमा टंक खत्री, सहसचिवमा सागर गुर्माछान, कोषाध्यक्षमा राम नेपाली सहित २५ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीको अध्यक्ष रोसन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) प्रमुख आतिथ्यतामा अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *