स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन परीक्षाकेन्द्रका नर्सहरुलाई मन्त्रि श्रेष्ठको निर्देशन

चैत्र १७ मकवानपुर/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगानारायण श्रेष्ठले बिद्यालयका नर्सलाई परिक्षार्थीहरुको कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन निर्देशन दिनुभएको छ ।
आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) भएको अनुगमन गर्नुहूदै मन्त्रि श्रेष्ठले परिक्षा केन्द्रका विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान सहित सम्बन्धित केन्द्राध्यक्ष मार्फत सो निर्देशन दिनुभएको हो ।
हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि दुईवटा परीक्षा केन्द्र पुगेर मन्त्रि श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना समेत दिनुभएको छ ।
मन्त्रि श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्नुहुदै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिनुभएको छ । परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन बागमती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको उहाँले बताउनु भयो ।
चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी बागमती प्रदेशमा सहभागी भएका छन । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी सामजिक बिकास मन्त्रालयका शाखा अधिकृत बिजय बिडारीले जानकारी दिनुभयो ।
बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत बिडारीले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *