• चैत्र १५, हेटौंडा/बागमती प्रदेशको आज बसेको मन्त्रीपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराय श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रदेशको सञ्चार, कानुन र गृह हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री श्रेष्ठलाई प्रवक्ताको पनि जिम्मेवारी दिईएको हो ।
    बागमती प्रदेश सरकारको आधिकारी सुचना संप्रेशन गर्न मन्त्री श्रेष्ठलाई प्रवक्ता तोकिएको हो । बागमती प्रदेश सरकारको आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा. डा. नरविक्रम थापालाई नियुक्त गरेको छ भने बैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकार मातहतका सबै कार्यालयहरूमा अनिवार्य विद्युतीय हाजिरी सेवा लागुगर्ने निर्णय पनि गरेको छ ।
    प्रदेश सरकारले माझी समुदायको लदी पर्व फाल्गुन १५ र चेपाङ समुदायको न्वागी पर्व भाद्र २२ गते सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।