• चैत्र १५,सिन्धुली/कमलामाई नगरपालिकाले रत्नमाला कृषक समुहलाई यान्त्रिकरण तथा कृषि सामाग्री हस्तानतरण गरेको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नम्बर ७ स्थित रत्नमाला कृषक समुहलाई कृषि सामाग्री हस्तानतरण गरिएको हो ।

    कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलको उपस्थितीमा नगरपालिकाको २ लाख बजेट र उक्त कृषी समुहको २ लाख बजेटमा खरिद गरिएको यान्त्रिकरण तथा कृषि सामाग्री हस्तानतरण कृषी प्राबिधिक सरोज फुयालले जानकारी दिनुभयो ।
    नगरपालिकासँग सम्झौता भए अनुसारको मिनी टीलर, स्प्रेयर, हजारी, कुटो कोदालो, नर्सरी ट्रे,रयाप, प्लास्टिक टनेल, बाँस लगाएतको सामाग्री समुहलाई हस्तानतरण गरिएको हो ।
    नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नम्बर ७ लाई तरकारी खेतीमा प्रबद्र्धन गर्ने उदेश्य लिइएको छ ।