• चैत्र १४, सिन्धुली/सिन्धुली अस्पताल सिन्धुलीको भवन निर्माणको काम सुस्त भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापले बजेट रोकिदिएपछि भवन निर्माणको कामले गति लिन नसकेको हो ।
    संघिय सरकारको भ्याट बाहेक २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ करोड बजेटमा २०७७ साल चैत्र ७ गते सिन्धुली अस्पतालको भवन निर्माणको लागि हनुमान कन्ट्रक्सन सँग सम्झौता भई काम सुरु भएको थियो ।
    २०७९ चैत्र ६ गते निर्माण कन्ट्रक्सनले भवन हस्तानतरण गर्नुपर्ने भए पनि गत असोजबाट आयोजनाले भुक्तानी नगरेकाले जुन गतिमा भवन निर्माण भइरहेको थियो हाल सुस्त भइरहेको हनुमान कन्ट्रक्सनका इन्जिनियर सलन बिष्टले बताउनु भयो । भवन निर्माणको काम ८३ प्रतिशत मात्रै सकिएको छ ।
    आयोजना सँग कुरा गर्दा अर्थ मन्त्रालयमा गएर फाइल रोकिरहेको जानकारी गराएको इन्जिनियर बिष्टको भनाई छ । आयोजनाले स्वास्थ्य बिधा तर्फ हाल बजेट सकिएकाले नयाँ बजेट बिनियोजन गरेर बजेट उपलब्ध गराउन प्रयास गरिने जवाफ दिने गरेको उहाँको भनाई छ ।
    भवन हस्तान्तरणको लागि कन्ट्रक्सनले असार मसान्त सम्मको म्याद थप गरेको छ । हाल निर्माण कन्ट्रक्सनले आयोजना बाट १६ करोड बजेट लिइसकेको छ । अस्पतालको भवन निर्माणमा लिप्ट जडान, सडक निर्माण, पार्किङ लगायतका काम बाँकि नै रहेको छ ।
    आयोजनाले केहि समयमा नै बजेट उपलब्ध नगराए भवन निर्माणको काम नै बन्द गर्नुपर्ने स्थिती सिर्जना हुने निर्माण कन्ट्रक्सनले जनाएको छ । भुक्तानी नहुँदा पनि निर्माण कन्ट्रक्सनले नै खर्च ब्यहोरेर काम बन्द हुन नदिएको तर लामो समय भइसकेकाले काम नै बन्द हुन सक्ने इन्जिनियर सलन बिष्टको भनाई छ ।
    प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले सँसदमा सिन्धुली अस्पतालको भवन निर्माणमा बजेट अभाब भएकाले बजेट बिनियोजनको लागि सरकारसँग माग गर्नुभएको थियो ।