• चैत्र १३ सिन्धुली/सिन्धुलीमा लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ६ प्रहरी चेक पोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सहित उदयपुर कटारी नगरपालिकाका एल्बिन खड्का पक्राउ परेको हो ।
    उदयपुरबाट काठमान्डौँ तर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज.०१०७ नम्बरको सुमोमा सवार एल्बिन खड्काको झोलाबाट कोडिवेल लेखिएको सय एमएलको ४३ वटा बोतल, डिएलेक्स—डिसी लेखिएको ५० वटा बोतल सहित ९३ बोतल लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकृत डिएसपी चिरन्जीबी दाहालले जानकारी दिनुभयो ।
    खड्कालाई जिल्ला अदालत कार्यालय सिन्धुलीबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो । पछिल्लो समय सिन्धुलीबाट लागुऔषध नियन्त्रणमा नियन्त्रणमा लिने क्रम वढी रहेको छ ।