• चैत्र १३ सिन्धुली/राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुली जिल्लाको जनसंङ्ख्या ३ लाख १ सय १७ रहेको छ । जनगणना २०६८ भन्दा ३ हजार ९ सय २५ जना बढि रहेको छ ।
    जनगणना २०६८ मा सिन्धुलीको जनसंख्या २ साल ९६ हजार १ सय ९२ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार सिन्धुलीका जनसंख्या वृद्धदर ०.१३ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार न्युन वृद्ध रहेको जिल्ला भित्र सिन्धुली जिल्ला रहेको छ ।
    जिल्लाको ९ वटा पालिका मध्य सबैभन्दा बढि जनसंङख्या कमलामाई नगरपालिकाको ७१ हजार १६ रहेको छ भने सबैभन्दा कम घ्याङलेख गाउँपालिकाको १२ ६ सय ५२ रहेको छ ।
    दुधौली नगरपालिकाको ७० हजार २ सय ७,मरिण गाउँपालिकाको २८ हजार ८ सय ८, हरिहरपुरगढि गाउँपालिकाको २६ हजार ५ सय ५,तिनपाटन गाउँपालिकाको ३४ हजार ८ सय ८९ रहेको तथ्याङ्क सार्बजनिक भएको छ ।
    सुनकोशी गाउँपालिकाको १८ हजार ३ सय ७५,गोलन्जोर गाउँपालिकाको १८ हजार ७ सय ३६, फिक्कल गाउँपालिकाको १५ हजार ९ सय १० जनसंङ्ख्या रहेको छ ।
    सिन्धुली जिल्लाको जनसंङ्ख्या ३ लाख २६ जनसंङ्ख्या मध्य १ लाख ४७ हजार ६५ पुरुष र १ लाख ५२ हजार ९ सय ६१ महिला रहेका छन् । सिन्धुली बार्षिक ०.१२ प्रतिशतले बृद्धिभइरहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
    कुल जनसंङ्ख्या मध्य ८४ हजार अबिवाहित रहेका छन् जसमा ४५ हजार ७ सय ८० पुरुष र ३८ हजार २ सय ९३ महिला रहेका छन् ।
    त्यस्तै शारिरिक अपाङ्गता भएका १ हजार ५ सय ७४ पुरुष र १ हजार १ सय ७८ महिला रहेका छन् । न्युन दृष्टि भएका ५ सय ७२ पुरुष र ५ सय ५२ महिला,दृष्टिविहिन २ सय ११ पुरुष र २ सय ५ महिला छन् । बहिरोपन भएका ४ सय ३६ पुरुष र ३ सय ९० महिला,बहुअपाङ्गता भएका ३ सय ६७ पुरुष र २ सय ५४ महिला रहेको तथ्याङ्क सार्बजनिक भएको छ ।