• चैत्र १२, सिन्धुली/गोलन्जोर गाउँपालिका स्तरिय भलिबल प्रतियोगिता सन्चालन हुने भएको छ । गोलन्जोर गाउँपालिका खेलकुद बिकास समितीको आयोजनामा चैत्र १६ गते बाट १८ गते सम्म वडा नम्बर ७ मा पालिका स्तरिय भलिबल सन्चालन हुने भएको हो ।
    खेलमा एउटा वडाको २ वटा क्लब सहभागिता हुन पाइने तर वडा भन्दा बाहिरको खेलाडिले खेलमा समावेश हुन नपाइने खेलकुद बिकास समितीका अध्यक्ष रन्जित देबकोटाले बताउनु भयो । खेलमा सहभागिता हुनको लागि चैत्र १५ गते सम्म दर्ता गरिनु पर्ने आयोजकले जनाएको छ ।
    भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो लाई २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र, तृतिय लाई १० हजार नगद, शिल्ड मेडल र प्रमाण प्राप्त गर्ने अध्यक्ष देबकोटाले जानकारी दिनुभयो ।
    त्यस्तै प्रतियोगितमा उत्कृष्ठ हुने खेलाडिलाई ३ हजार नगद, मेडल, मेडल प्रमाणपत्र, उत्कृष्ठ स्पाइकर लाई ३ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।