मरिणका ३ र ४ नम्बर वडाका ब्यवसायिक कृषक महिलाहरुलाई बाख्रा उपहार

चैत्र ११, सिन्धुली/मरिण गाउँपाकालिका वडा नम्बर ३ र ४ ब्यवसायिक कृषक महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा हेण्डस् नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारिमा कृषि तथा पशु उधमशिलता बिकास परियोजना अन्तरर्गत वडा नम्बर ३ र ४ ब्यवसायिक कृषक महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले ३७ जना कृषक महिलाहरुलाई ७४ वटा बाख्रा प्रदान गर्नुभएको हेण्डस् नेपाल मरिणका बिनादजंग कार्किले जानकारी दिनुभयो ।
उक्त परियोजना मार्फत मरिण गाउँपालिकाको हाल सम्म १ नम्बर देखि ६ नम्बर वडा सम्म २ सय ८६ वटा बिउ पाठि र ४२ वटा बिउ बोका बितरण गरिसकेको जनाइएको छ ।
बाख्रामा आात्मनिर्भ बन्न तथा ब्यवसायिक रुपमा बाख्रा पालन गरि स्तरउन्नतीको लागि महिला कृषकलाई बाख्रा बितरण गरिएको अध्यक्ष मोक्तानले बताउनु भएको छ ।