ताज रिभरसाइड रिसोर्ट मुल्कोटको अध्यक्षमा टलक श्रेष्ठ र प्रबन्धक निर्देशकमा मनोज श्रेष्ठ चयन

चैत्र ११, सिन्धुली/ताज रिभरसाइड रिसोर्ट मुल्कोटको चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका ५ मुल्कोट स्थित ताज रिसोर्टको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा आज चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको हो ।
पहिलो अधिवेशनले नयाँ कार्यसमिती पनि चुनेको छ । ताज रिसोर्ट मुल्कोटको अध्यक्षमा टलक श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै प्रबन्धक निर्देशकमा मनोज श्रेष्ठ सहित ९ जना सदस्यिय कार्यसमिती चयन भएको प्रबन्धक निर्देशक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यहरुमा बोधबहादुर भण्डारी, पुर्ण बहादुर श्रेष्ठ, नवराज दाहाल, तुलसा श्रेष्ठ, तेज बहादुर जर्गा, रामहरी श्रेष्ठ, हरिबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
प्रतिनिधि सभा सदस्य दाहालले बार्षिक रुपमा बनाइने क्यालेण्डरको गएका बर्षको क्यालिण्डरको ब्यबसायिहरुले समीक्षा गर्न आबश्यक रहेको बताउनु भयो । एक बर्षभित्र केके काम गरियो, लिएको योजना मध्य कति सफल भयो, कति असफल भए भन्ने कमजोरीको समिक्षा गरेर अबका दिनमा नदोहो¥याउने गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *