२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

सिन्धुली/“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने मुलनाराको साथ सिन्धुलीमाढीमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको छ ।

आज एक विषेश समारोह बिच कमलामाई नगरपालिका सिन्धुली र कृषि विकास कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा कमलामाई –५ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको हो ।

कार्यक्रममा कृषिमा आधुनिक तथा जलवायुमैत्री प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै धान उत्पादन वृद्धि, खाद्य आत्मनिर्भरता हासिल गर्ने तथा कृषिप्रति युवाको आकर्षण बढाउने विषयमा जोड दिइएको थियो ।साथै सहभागीहरूले परम्परागत रोपाइँ संस्कृतिको संरक्षण गर्दै सामूहिक रूपमा धान रोपाइँमा सहभागिता जनाएका थिए ।कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख अतिथ्यतामा भएको कार्याक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, जिल्ला प्रशासन कार्यालय, सिन्धुलीका प्रमुख स्किम श्रेष्ठ जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, कृषक, कृषि प्राविधिक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमले जलवायु अनुकूल कृषि प्रविधिको विस्तार, धान उत्पादन वृद्धि तथा कृषिमार्फत समृद्धि हासिल गर्ने साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *