सुन्दर वीपी राजमार्ग सुन्दर नै राख्न सरसफाई अभियान सुरु

चैत्र १०, सिन्धुली/बिपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका वडा नम्बर ४ हिरापानी देखि वडा नम्बर ६ शिबनगरचोकसम्म सरसफाई गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेल, जिल्ला प्रहरीक कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक राजकुमार सिलवाल, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपाने लगायतको सहभागितामा बिपि राजमार्गको वरिपरि सरसफाई गरिएको हो ।

बिपि राजमार्गमा सवारी साधन आवातजावत गर्दा फोहोर फालिने, होटल, पसलबाट निस्किएको फोहोरको ब्यबस्थापन नगर्दा सुन्दर बिपि राजमार्ग दिनानुदिन असभ्य बन्दै गएकाले कमलामाई नगरपालिका, जिल्ला प्रहरी कार्यालय र डिभिजन बन कार्यालयले हभियान नै सन्चालन गरेर सरसफाई सुरु गरिएको कमलमाई नगरपालिकाका नगर प्रमुख पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो “सडकमा फोहोर फाल्नु हुँदैन भन्ने थाहा भएर पनि अटेर गर्ने ब्यवसायी तथा सर्बसाधरणलाई पनि नगरपालिकाले जरिवाना तिराउनेछ । भ्रमणका लागि आएका पर्यटकलाई आकर्षण गर्न तथा बिभिन्न माहामारिका रोग बढ्न नदिनको लागि सरसफाई जरुरी रहेको सम्पुर्ण नागरिकमा चेतना फैलाउन जरुरी छ । बिपि राजमार्गमा आवात जावत गर्नै ठुला सवारी साधानमा डस्विन बिना सन्चालन हुनै नदिने । जसले गर्दा सुन्दर सुन्दर र हरियाली नगरपालिका निर्माणको लागि टेवा पुग्नेछ ।”

स्थानिय सरकारको कमलमाई नगरपालिका, प्रदेश सरकारको डिभिजन बन कार्यालय र संघिय सरकारको जिल्ला प्रहरी कार्यालयको सहभागितामा सुन्दर बिपि राजमार्ग सुन्दर नै कायम गर्नको लागि प्रत्यक हप्ता सरसफाई गरिने डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानले बताउनु भएको छ । दबाब मुलक जनसहभागिताले फोहोर फाल्न हुँदैन भन्ने नागरिकमा चेतना ल्याउने महाअभियानका साथ सरसफाई सुरु गरिएको उहाँको भनाई छ ।
