मेयरको घर जाने बाटोमा रहेको कल्भट बर्षमा १० पटक बाढीले बगाउँछ

चैत्र ९, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित ढुङ्ग्रेबास र धुरा फाँट जोड्ने ग्वाङ खोलाको कल्भट बर्षमा १० पटक भन्दा धेरै पटक बाढीले बगाउने गरेको छ ।
यो बाटो कमलामाई नगरपालिका मेयर उपेन्द्र कुमार पोख्रेल दैनिक घर र कार्यालय गर्ने गर्नुहुन्छ । यो बाटो पटक पनि बर्खा सुरु हुनु भन्दा अगाबै चैत्र ८ गते नै (हिजो) आएको सानो बाढीले पनि कल्भट बगाएको छ । अघिल्लो बर्षको असारमा उक्त कल्भट ३ चोटि सम्म बगायो । त्यहाँबाट सिन्धुली बजारसम्म आइपुग्नलाई हरेक बर्ष सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ ।
बराल्डिका स्थानीय राम तोलङ्गे भन्नुहुन्छ (यतिका बर्षदेखि हामिले सास्ती खेपिरहेका छौँ खै कसैले सुनिदिएनन् । कल्भट बगाएपछि स्थानीय सरकारसँग माग गर्न जादा त्यहि कल्भट बनाउँन मेसिन पठाउँछन् । सानोतिनो बाढी आउँदा आज बनायो भोलि नै भत्काइदिन्छ । गत बर्ष असारमा त ३ चोटि सम्म भत्कायो एक महिनामै ।”
बर्खामा बाढिले भत्काएको कल्भट पुन निर्माणको लागि नगरपालिकाले हिँउँद लागेपछि मेसिन पठाउने गर्छ । माख्लो फाँट, देउराली, बराल्डि, पोखरेल गाउँका स्थानिय हरेक बर्ष जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो छ ।
फाँटका स्थानिय दिपक बिश्वकर्मा भन्नुहुन्छ“घर बाट ढुङ्ग्रेबास जादा १ किलोमिटर लाग्ने बाटोमा पनि मिलनचोक,धुरा,बजार,रातमाटा हूदै १० किलो मिटर भन्दा बढि घुमेर जानुपर्छ । पुल त २ किलोमिटर तल निर्माण हुदै छ तर यताको स्थानिय लाई पाएक पदैँन”
स्थानियले हाल कल्भट भएको स्थानमा स्थायी पुल निर्माण गरिदिन स्थानिय सरकार, प्रदेश र सँघ सँग आग्रह गरेका छन् । स्थायी रुपमा पुल निर्माण भए हजारौँ जनता लाभान्भित हुने थिए ।