महिला तथा बालबालिका विरुद्धका हिंसा अन्त्यका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

चैत्र ९, सिन्धुली/प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष सिन्धुलीका पाँच सँगठनले संयुक्त ज्ञापनपत्र बुझाएको छ । आज सिन्धुलीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष महिला बालबालिका बिरुद्ध हुने सबै किसीमका दुब्यबहार अन्त्यको माग गदैँ जिल्लाका बिभिन्न पाँच सँगठनले संयुक्त ज्ञापन पत्र बुझाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीलाई पाँच ओटा संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । अनेम संघ सिनधुलीका अध्यक्ष पार्बती भट्टराई, महिला मानव अधिकार रक्षक संजाल सिन्धुलीका अधयक्ष अप्सरा खड्का, डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकि, इन्सेक सिन्धुलीका प्रतिनिधि नबिनबाबु अधिकारी, सिन्धुली अपांग महिला संघका उपाध्यक्ष बबिता थापाले संयुक्त ज्ञापन पत्र बुझाउनु भएको हो ।
देशैभर महिला तथा बालबालिका बिरुद्ध हुने शारिरिक, मानसिक तथा यौनजन्य हिँसाका घटनाहरु दिनानुदिन बढिरहेका छन् । बिषेष गरी महिला, बालिका घर, समाज, बिद्यालय तथा कुनै पनि स्थानमा सुरक्षित छैनन् । सिन्धुली जिल्लामा पनि आफ्नै परिवारका आफन्त तथा नजिकका हुने यौनजन्य हिंसा, घरेलु हिंसाका घटनाहरु बढिरहेको अबस्थामा यौनजन्य हिंसाका घटनामा पिडितले न्याय नपाउने, गाउँ समाज, वडा कार्यलयहरु प्रहरीको आँखै अगाडि मिलापत्र गर्ने जस्ता काम भइरहेका भन्दै अनेम संघ सिन्धुलीका अध्यक्ष पार्बती भट्टराईले आपति जनाउनु भएको छ ।
“मुद्दा दर्ता गर्न नदिने, मिलाउन दबाब दिने, आर्थिक प्रलोभन देखाउने, राजनितिक वा अन्य दवावका कारण न्याय पाउने अबस्था छैन । इन्सेकको सन् २०२२ को तथ्याङ्क अनुसार सिन्धुलीमा ७४ वटा महिला बालबालिका सम्बन्धि घटना भएका छन् भने सन् २०२३ मा ५३ वटा घटना भएका छन् । सिन्धुलीमा धेरैजसो बालबालिका संग सम्बन्धित घटना भएका छन् । जसमध्य अपांगता भएका पनि हिँसामा परेको पाइएको छ ।” संयुक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उजुरी प्रक्रियामा आएका घटनाहरुको पनि प्रभावकारी अनुसन्धान हुन नसकेकाले ज्ञापन पत्रमा जबरजस्तीकरणी जस्ता अपराधमा प्रभाबकारी अनुसन्धानको माग गरिएको छ । त्यस्तै पिडितको मौखिक उजुरी समेत लिई अनुसन्धान गर्न र पिडितको सुरक्षा गर्न जिम्मा राज्यको भएकाले राज्यको जिम्मेवारीलाई प्रभाबकारी बनाउदै राज्यले दिर्घकालिन योजना बनाउन आबश्यक रहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकिले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *