-
चैत्र ६, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाको सात वटै वडाहरुमा पौष्टिक दाना उत्पादन सम्बन्धि तालिम सुरु भएको छ । ७ वटै वडाका महिला समूहका बाख्रा पालन ब्यबसायि महिलाहरुका लागि पौष्टिक दाना उत्पादन सम्बन्धि तालिम प्रदान गरिएको हो ।
News Desk 0 response सोमवार, चैत्र ६, २०७९
मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा हेण्ड्स नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारिमा कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तरर्गत मरिण गाउँपालिकाको सात वटा वडाका ५६ जना महिलाहरुलाई तालिम प्रदान गरिने जनाइएको छ ।
ब्यवसायीक रुपमा बाख्रा पालन गरिरहेका महिलाहरुको लागि गाउँघरमै रहेका स्रोत साधनको प्रयोगबाट पौष्टिक दानाको उत्पादनले कम खर्चिला हुनका साथै बजारमा खरिद गरिएको दाना भन्दा बढि पोषणयुक्त पनि हुने वडा नम्बर ३ का वडा अध्यक्ष जीत बहादुर श्रेष्ठको भनाई छ ।
आफ्नै ठाउँमा सन्तुलित दाना बनाउँदा करिब ३ हजार सम्ममा १ सय १६ किलो दाना उत्पादन हुने तर बजारको दाना खरिद गर्दा ३ हजारमा १० किलो मात्रै आउने भएकाले कृषकलाई आर्थिक रुपमा पनि निकै सहयोग हुने ह्याण्ड्स नेपाल मरिणका बिनोदजंग थापाले बताउनु भयो ।
स्थानिय स्रोत सधानको प्रयोग गरेर गाउँ घरमै पनि दाना वनाउन सकिने रैछ भन्दै स्थानिय खुसी भएकाछन् । महिला समुहकी अध्यक्ष बिमला रुम्वा भन्नुहुन्छ ‘बाख्रा बिक्रि गर्नको लागि सम्म बजारको दाना किनेर खुवाउँदा आम्दानी नै हुन सकिएको थिएन । बाख्रा बिक्रि गरेर आएको पैसा र दाना खरिद गर्दाको पैसा लगभग उस्तै हुन्थियो”
स्थानियले आफ्नै घरमा रहेको मकै, पिना, ढुटो, नुन बाट सन्तुलित पौष्टिक दाना उत्पादन गर्न सकिन्छ । दानाको लागि चाहिने खनिज तत्व मिनिरल मिक्चर ह्याण्ड्सले नै कृषकलाई निशुल्क बितरण गरिएकाो छ । हेफरले सन्तुलित दाना उत्पादन गर्न तालिम प्रदान गरेपछि स्थानिय कृषकहरु आफै दाना उत्पादन गर्न तत्पर भएका छन् ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२