महाभारत पर्यटक मार्ग निर्माणको लागि पहल

चैत्र ६, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको नेतृत्वमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई महाभारत पर्यटन मार्ग निर्माणका लागि बजेट माग गर्नुभएको छ ।
मन्त्रि श्रेष्ठको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभा दलका प्रमुख सचेतक रत्न ढकाल, बागमती प्रदेश सदस्यद्वय मातृकाप्रसाद भट्टराई र शुष्पा भुजेल सहितले महाभारत पर्यटन मार्ग निर्माणका लागि आर्थिक बर्ष २०८०–०८१ को नीति कार्यक्रममा योजना समावेश गरि बजेट विनियोजन गर्न माग गरेका हुन् ।
बजेट माग गरिएको निवेदनमा मन्त्री तथा सांसदहरूले उक्त मार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने मागसमेत गरिएको जनाइएको छ ।
महाभारत पर्यटन मार्ग काठमाण्डौं उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको बरहाक्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोडने ऐतिहासिक महाभारतको पर्यटन मार्गको रुपमा ललितपुरको ग्वार्को, लाकुरी भञ्ज्याङ्ग, काभ्रेको पनौती,बेथान चोक ढुंखर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दिपुर, सिन्धुली गढी, खनियाँखर्क धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ्ग, महादेवडाँडा, उदयपुरको तिनखण्डे गँहुवारी, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौता साउँने, चौदण्डीगढी हुँदै सुनसरीको चतारासम्मको ऐतिहासिक “महाभारत पर्यटन मार्ग”बाट त्यस क्षेत्रका लाखौं जनता लाभान्वित हुनेछन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि श्रेष्ठले सडकले ती क्षेत्रको बसाइँसराइ रोक्ने,सांस्कृतिक रुपमा उक्त सडकले नेवाः, तामाङ र किरात संस्कृतिलाई जोड्ने,अत्यन्तै सुन्दर भूगोल भएकाले लाखौं पर्यटकहरुलाई आकर्षित गर्ने,सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले त्यस क्षेत्रका कृषि उत्पादन सिधैकाठमाण्डौं उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिने भएकाले उक्त मार्गलाई देशको गौरवको आयोजनाको रुपमा विकास गर्नका लागि आग्रह गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले यस मार्गलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *