क्यानखोलाबाट ७६ केजी गाँजा र २ जना सहित मोटरसाइकल नियन्त्रणमा

चैत्र २,सिन्धुली/जिल्ला प्रहरी कार्यलय सिन्धुलीले बुधबार हरिहरपुढी गाउँपालिका ७ क्यानेश्वर भुताहाबाट लागु औषध गाँजा, २ जना मानिस सहित एक थान मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
काभ्रेको चिसापानीबाट सर्लाहि तर्फ जाँदै गर्दा संकास्पद लागेर नियन्त्रण लिएको र अन्य ब्यक्ति भने प्रहरीलाई देख्ने बितिकै लागु औषधको पोका फालेर फरार भएको जिल्ल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएको र फरार भएको ब्यक्तिबाट ७६ केजी ५ सय गा्रम लागु औषध गाँजा सहित सर्लाहि हरिवन नगरपालिका वडा नम्बर २ का २३ बर्षिय प्रलाद कुमार थोकर र सोहि जिल्लाका वडा नम्बर ८ का देब कुमार स्याङ्तान साथै उनिहरु सवार मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।
फरार भएका अन्य दुई जना ब्यक्तिले सोहि स्थानको माथि डाँडाँमा पुगेर ढुङ्गा मुढा गरेकाले प्रहरीले सुरक्षाका लागि एक राउण्ड हवाई फायर समेत गरिएको र फरार ब्यक्तिहरुको खोजिकार्य भइरहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो ।