विद्यार्थी घेदुङ सिद्धज्योति शिक्षा क्याम्पसको अध्यक्षमा थिङ चयन

चैत्र २, सिन्धुली/नेपाल तामाङ विद्यार्थी घेदुङ सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार सिन्धुलीको इकाई कमिटिको अध्यक्षमा बसन्त कुमार थिङ चयन हुनुभएको छ । थिङको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
इकाई कमिटीको उपाध्यक्षमा अर्पना मोक्तान, सचिवमा छिरिङ डोल्मा पाख्रीन,सह सचिवमा बिमला गोले, कोषाध्यक्षमा निरोज पाख्रीन तामाङ सहित १५ सदस्यिय कार्यसमितिी गठन भएको नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमतिी सिन्धुलीका अध्यक्ष सर्मिला बज्युले जानकारी दिनुभयो ।
तामाङ समुदायको कला, संस्कृती, रितिरिवाज र भाषाको जगेर्ना गर्न तथा शैक्षिक स्तर उन्नतीको लागि नेपाल तामाङ बिद्यार्थी घेदुङले हरबखत मेहेनत गरिरहेको नेपाल तामाङ विद्यार्थी घेदुङका संघिय उपाध्यक्ष सम्झना ब्लोन तामाङले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *