दाहालद्वारा जनताको योजनाको लागि प्रधानमन्त्री समक्ष बजेट माग

फागुन ३०, सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) समक्ष सिन्धुली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का योजनाहरुको लागि बजेट उपलब्ध गराईदिन माग गर्द योजना पेश गर्नुभएको छ ।
आज प्रतिनिधि सभा सदस्य दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) निवास पुगेर योजना पेश गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य दाहालले राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण इाईभर्सनको निर्माण कार्य चलिरहे पनि बजेट अभाक कारण रणनैतिक महत्वको उक्त आयोजना बन्द हुने अबस्थामा रहेकाले आयोजनाको लागि अबश्यक बजेट बिनियोजनको लागि आग्रह गर्नुभएको छ ।
त्यस्तै ठूलाे याेजना मझिनिदमार–घाटा–साहान–बखबर–सर्लाही कर्मैया सडक स्तरोन्नती – २० करोड, दुम्जा–रामपुर–लालबन्दी बैकल्पीक लोकमार्ग – ५० करोड, कमला खोला पक्की पुल निर्माण क.न.पा.८ – ५ करोड, पक्की पुल निर्माण क.न.पा. ५, बोझे –५ करोड, कमलामाई नगरपालिकाको रिङरोड स्तरोन्नती २० करोड, ठूलीटार रिङरोड स्तरोन्नती ५ करोड, आइसोलेसन भवन–परिवर्तनशील – टोल–आर्मि क्याम्प गेट हुँदै विपि राजमार्ग घुम्ने रिङरोड क.न.पा. ६, ७ – १ करोड, मदन भण्डारी लोकमार्ग हरिहरपुरगढी–जितपुरगढी–चिसापानी–चपरा–मदनभण्डारी लोकमार्ग रिङरोड – १० करोड, पिपलभञ्ज्याङ – घ्याङलेख गा.पा. सदरमुकाम रामपुर–दुम्जा सडक स्तरोन्नती – २० करोड, सिन्धुलीगढी–नागी–बन्दीपुर–काफ्लेचौर दुम्जा सडक – २० करोड उपलब्ध गराएदिनुहुन प्रतिनिधि सभा सदस्य दाहालले प्रधानमन्त्री समक्ष माग गर्नुभएको छ ।
साथै मुल्कोट–नाङ्गेडाँडा–अमारे–मझुवा सडक स्तरोन्नती – २५ करोड, फिटिङ भिरगाउँ सिरुडाँडा रानिचुरी आजाद मार्ग सडक क.न.पा. ११ – ३ करोड,रामपुर–टंशार– बाँझे – सरस्वती धाङले सडक – ५ करोड, सानो कर्करे भडार कुलाखोला दोभानटार कनपा ८–१० – १ करोड, कालिमाइस्थान–सिलामे–बेलटार बडिमोन सडक कनपा ५, १ – ५ करोड, धाप्सार–ठूँलडाँडा –सिद्धडाँडा माइस्थान सडक क.न.पा. ५, ८ – २ करोड, मधुटार–ऐसेलुजंगार फिटिङ सडक क.न.पा. ५ – २ करोड, मधुटार–चिसापानीझोरा–बोझे– गैयाटार– राजपानी सडक – २ करोड, चियावारी–गेरावारी–केवरे सडक क.न.पा. ४ – ३ करोड, कमलामाई नगरपालिका भित्रका विभिन्न सडक स्तरोन्नती – १० करोड, रामटार–बन्दिपुर सडक सुनकोशी गा.पा. – ५ करोड, खहरेगाँउ–भोटखोला–थुम्काकोटगाउँ–मानडाँडा–दुम्जा सडक सुनकोशी गा.पा. – ५ करोड माग गरिएको छ ।
दाहालले धिमिलेडाँडा–राँगेचुरी–कौवाडाँडा–झप्सी सडक हरिहरपुरगढी गा.पा. – ५ करोड, क्यान भुताहा–हरिवन सडक हरिहरपुरगढी गा.पा. – ५ करोड, तिलबारी–जखौली सडक, हरिहरपुरगढी गा.पा. – ५ करोड, संगमचोक–शाखाजोर–तीनतले–खयरमारा सडक – ५ करोड, एकपाखे–जर्गे–बेसारेखोला–मोरङगे – बेलबोटे – ५ करोड,रामपुर–रामभेडा–जुकेपानी सडक स्तरोन्नती – ५ करोड, वुद्धनगर–स्वर्गद्वारी स्तरोन्नती – ५ करोड, स्वलाभञ्ज्याङ–बेलबोट–रामपुर–राङचा सडक – १० करोड,बुद्धनगर–चकमके सडक – ५० करोड, सुकेचुरे बरुण क्यामनचुली अत्रवली हरिवन सडक – ५० करोड (मरिण–३), ठूलो गर्दुवा खालङ्गा कात्तिके बाँदरे बनखु सडक – ५० करोड (मरिण १),मथौली मरिण फाँट संरक्षण – १ करोड (मरिण ३), मधुटार तुल्सीडँडा हुँदै कालिकाटार सिलामे सडक – १ करोड (कमलामाई न.पा.–५), प्लानिङ पिपलबोट हुादै अधेरी सिटिईभिटि जोड्ने सडक – २ करोड र शाखाजोर खोलामा पक्कि पुल निर्माण – १ करोड बजेट ब्यबस्थापनका आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *