नेपाली सेनाद्वारा हरिहरपुरगढी देखि सिन्धुलीगढीसम्म पदयात्रा

फागुन २९, सिन्धुली/सिन्धुली स्थित बर्द बहादुर गणका नेपाली सेनाले हरिहरपुरगढी किल्ला देखि सिन्धुलीगढी सम्मको एकीकरण पदयात्रा आइतवार देखि सुरु गरेको छ । नेपाली सेनाले हरिहपुरगढी गाउँपालिका १ मा पर्ने हरिहरपुरगढी किल्ला देखि कमलामाई नगरपालिका ३ मा पर्ने ऐतिहासिक सिन्धुलीगढी सम्मको ७२ किलोमिटर लामो दुरीको एकीकरण पदयात्रा आइतबारबाट सुरु गरेको हो ।

हरिहरपुरगढि गाउँपालिकाको सहयोग तथा समन्वयमा आयोजनामा हरिहरपुरगढी किल्ला देखि सिन्धुलीगढी सम्मको एकीकरण पदयात्रामा सरिक बर्दबहादुर गणका सेनालाई आइतबार एक औपचारिक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा, उपाध्यक्ष चेख बहादुुर थिङ, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल लगायतले बिदाई गरिएको थियो ।

बर्द बहादुर गण सिन्धुलीका मेजर धर्मराज पाण्डेले युद्धका बेला अङ्ग्रेजसँग लडाइ लड्दा नेपाली फौँजले प्रयोग गरेको बाटोको पहिचान गरी त्यसको संरक्षण र विकासका लागि एकिकरण पदयात्रा कार्यक्रम संचालन हुदै आएको बताउनु भयो ।
आइतबार बाट पदयात्रामा निस्केको सेनाको टोलीले हरिहरपुरगढी किल्लाबाट सेपाहा, भदौरे, मधुवन, कोल्टार, टुनिभन्ज्यांङ, छरछरे गाउँ, बन्दीपुर, नागी हुदै सिन्धुलीगढी सम्मको ७२ किलोमिटर लामो दुरीको यात्रा आगामी चैत ३ गते पुरा गर्ने मेजर धर्मराज पाण्डेले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *