चियाबारी–खुर्कोट सुरुङ्गमार्ग निर्माणको लागि बागमती प्रदेश सरकारसँग बजेट माग
फागुन २८, सिन्धुली/सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले चियावारी–खुर्कोट सुरुङमार्ग निर्माणको लागि बागमती प्रदेश सरकारसँग बजेट माग गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्मरकटेलसँग बिपी राजमार्गमा रहेको चियाबारी–खुर्कोट सुरुङ्मार्गको निर्माणको लागि आबश्यक बजेट बिनयोजन गरिदिन प्रतिनिधि सभा सदस्य दाहालले आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री जम्मरकटेलले सुरुङ मार्ग निर्माणको लागि बामगती प्रदेश सरकारले आबश्यक बजेट छुट्याउने प्रतिबद्धता गनुएभएको छ । सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले २०७८ सालमा नै प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी) गरिएको थियो । करिब ४० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।
बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा ८.४ किमि लामो सुरुङ बनेपछि राजमार्गको लम्बाइ घटेर राजधानीलाई मधेससँग जोड्ने बीपी राजमार्गको लम्बाइ घटेर १३९.६ किलोमिटरमा सीमित हुने बताउनु हूदै दाहालले बिपी राजमार्गमा हुने सवारी दुर्घना लगायतका समस्या समाधान हुने बताउनु भएको हो ।
हाल बीपी राजमार्ग (धुलिखेल–बर्दिवास) को कुल लम्बाइ १६० किमि छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुन लागेको उक्त सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी रिपोर्ट) तयार भइसकेको छ ।
बीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा पछिल्लो समय ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पका रूपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको भएपनि हाल सम्म बजेट बिनियोजन नभए पछि सघीय सरकारका साथै प्रदेश सरकारलाई पनि बजेट बिनियोजनका लागि दाहालले अपिल गर्नुभएको बताउनु भयो ।