दुर्घटनमा मृत्यु भएका ६ जनाको पहिचान खुल्यो, २९ जना घाईते
फागुन २८, सिन्धुली/मध्यपहाडि लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालका अनुसार मृतकहरु ओखलढुङ्गा जिल्ला मानेभन्झ्याङ गाउपालिका वडा न.६ बस्ने बर्ष २४ बर्षका देब बहादुर सार्की (सह चालक), सोहि जिल्ल्लाका सिद्दिचरण नगरपालिका ३ का पेशल भुजेल, सिद्दिचरण नगरपालिका ५ काराधा भुजेल, जाेसना राइ, सोहि जिल्ल्लाका मचसंखगुढी गा.पा.वडानं४ बथने समन्जत राई, उदयपुर जिल्ला कटारी नटारी नगरपालिका २ का कुमारी क्याप्छाकी मगर रहेका छन् ।
दुर्घटनामा सिन्धुलीका ३ जना घाईते भएका छन् । फिक्कल गाउँपालिकाका ३० बर्षीय ढुण्डिराज सुनुवार, कमलामाई नगरपालिका १३ की एलिसा गिरी, २५ बर्षीय प्रदिप सुबेदी घाईते भएको छ ।
दुर्घटनामा ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका ५ का २० बर्षीय एकराज तामाङ, शिद्दिचरण नगरपालिका ४ का तेज कुमार श्रेष्ठ, ३९ बर्षीय खेम प्र दाहाल, मानेभन्झ्याङ गाउँपालिका वडा नम्बर ४ का १२ बर्षीय पुकार राई, सोहि ठाउँका १८ बर्षीय अर्पणा राई, मानेभङ्ज्याङ गाउँपालिकाका श्रीदेवी राई, रुम्जाटार नगरपालिकाका राजन बस्नेत, मोलुङ गाउँपालिका ६ का ४३ बर्षीय कोलोक बहादुर बिश्वकर्मा, शिद्दिचरण नगरपालिका १२ का २१ बर्षीय भानुलक्ष्मी गीरी, ओखलढुङ्गा माम्खा – ७ का ३८ वर्षीय एक बहादुर राई, ओखलढुङ्गा जिल्ला रुम्जाटार नगरपालिका – ४ का २६ वर्षीय धुव भुजेल, मानेभङ्ज्याङ नगरपालिका–६ का ३८ वर्षीय दिपासेर राई, सोहि स्थानका १७ बर्षीय भुपेन्द्र धमला, मानेभन्झ्याङ नगरपालिका वडा न.४ की ५ बर्षीय बालिका दिबिका राई घाईते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सो घाटनामा सोलुखुम्बु जिल्ला जुगु गाउँपालिकाका २१ बर्षीय शान्ता सेन्चुरी, जिल्ला महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिबा ८ का ४१ बर्षीय राज किशोर महाराज चमार, तनहुं जिल्ला भिमाद २ का ३४ बर्षीय राजेश राना (नेपाली सेनाको स्टाफ) (नेपाल आर्मी ओखलढुङ्गा ब्यारेकमा कार्यरत), बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका ५ का ३४ बर्षीय की निरु चौधरी, सोहि स्थानका मिशन राई, सोलु जिल्ला दुधकुण्ड नगरपालिकाका लेख ब भुजेल रहेका छन् भने अन्य घाइतेको पहिचान हुन बाँकि रहेको जनाइएको छ ।
भत्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका– ४ की २६ बर्षीय ज्योती प्रजापती, काठमाण्डौं जिल्ला महालक्ष्मी नगरपालिका १५ का ४४ बर्षीय महेश श्रेष्ठ, वतन नखुलेको ४२ बर्षीय सारदा श्रेष्ठ,
त्यस्तै ३ जना गम्भिर घांईते २ जना नेपाली सेना लगाएत अन्य ३ गरी जम्मा ८ जना घांईतेहरुलाई थप उपचारको लागि हेलिकप्टर माथि काठमाण्डौं तर्फ पठाईएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।
ओखलढुङगा बाट काठमान्डौँ तर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे फिक्कल गाउँपालिकामा ४ कुइभिरमा बस दुर्घटनामा परेको थियो ।