सिन्धुली अस्पतालमा सुरु भयो निःशुल्क डाईलासिस सेवा

फागुन २५, सिन्धुली/सिन्धुली अस्पतालमा मंगलबार देखी सुरु भएको निःशुल्क डाईलासिस सेवा सुरु भएको छ । हाल सम्म ३ जनाले डाईलासिस गराएका छन् ।
प्रदेश सरकारले सिन्धुली अस्पताल सिन्धुलीलाई पाँच वटा डाईलासिस गर्ने मेसिन उपलब्ध गराएपछि सिन्धुलीमा डाईलासिस उपचार सेवा मंगलवारबाट सूरु भएको थियो । हालसम्म जिल्लाका ३ जना बिरामीले सेवा लिएको अस्पतालका सुचना अधिकारी राजकुमार गोलले जानकारी दिनुभयो ।
जिल्लाका मृगौला सम्बन्धी बिरामी बाहिर गएर महंगो खर्च गरेर डाईलासिस गराउनु पर्ने समस्याको मध्यनजर गरेर उक्त सेवा सिन्धुली अस्पतालमै निःशुल्क सन्चालनमा ल्याइएको अस्पतालका सुपरिटेण्डेन डाक्टर उमेश प्रधानले बताउनुभयो ।
मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको समन्वयमा सिन्धुली अस्पतालका अर्पणा कार्किलाई १ महिने मेडिकल अधिकृतको तालिम प्रदान गरे पश्चात सिन्धुली अस्पतालमा निःशुल्क डाईलासिस सेवा गरिएको डाक्टर प्रधानको भनाई छ ।
डाईलासिस सेवाबाट जिल्लासंगै सम्पूर्ण नागरिकहरुले निःशुल्क सेवा लिन सक्ने छन् । अस्पतालमा जडान गरियको पाँच वडा डाईलासिस गर्ने मेसिनले दैनिक १५ जना लावान्वित हुने मेडिकल सुपरिटेन्डेन्ट डा. प्रधानले जानकारी दिनु भएको छ ।
यस्तै सिन्धुली अस्पतालका ब्यवस्थापन समिती अध्यक्ष सतिस चन्द्र ढकालले यस डाईलासिस उपचार सेवालाई ब्यवस्थापन क्षेत्रमा केही कमिकमजोरी हुन नदिई नागरिकहरुमा गुणस्तरिय सेवा प्रवाह गर्ने बताउनु भएको छ ।
बिरामिको अबस्था अनुसार हप्तामा २ पटकसम्म डाईलासिस गर्नु पर्दा निकै खर्चिलो हुने डाइलासिस सिन्धुली अस्पतालमै निःशुल्क गरिने भएपछि जिल्लाका बिरामिलाई राहत मिलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *