-
सिन्धुली २४ सिन्धुली/अखिल नेपाल महिला संघ सिन्धुलीले आयोजना गरेको राजनितिमा महिला सहभागिता अवसर र चुनौती बिषयक निबन्ध प्रतियोगिताको आज पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा मरिण गाउँपालिका स्थित माध्यमिक बिद्यालय खयरसालका बिद्यार्थी शेर बहादुर कार्की प्रथम हुनुभएको छ ।
“लैगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच र बिस्तार” भन्ने मूल नारा सहित ११३ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस तथा अनेम संघको स्थापना दिवसको अवसरमा अनेम संघ सिन्धुलीले आयोजना गरेको निबन्ध प्रतियोगितामा कार्की प्रथम हुनुभएको हो । त्यस्तै सुमनाम सुन्तेले माबि फिक्कल गाउँपालिकाका भवानि न्यौपाने दोस्रो, कमलामाई नगरपालिका वडा नम्बर ८ कमला मावि करकरेका धन कुमारी नेपाली र फिक्कल माविका रचना श्रेष्ठ सान्त्वना हुनुभएको छ ।निबन्ध प्रतियोगितामा जिल्लाका १८ वटा बिद्यालयको सहभागिता रहेको अनेम संघ सिन्धुलीका सचिव रमा कार्किले जानकरी दिनुभयो । बिजेताहरुलाई अनेम संघ सिन्धुलीले आज ११३ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस तथा अनेम संघको स्थापनाको अवसरमा सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रमको आयोजना गरेर पुरस्कार बितरण गरिएको छ ।
प्रथम पुरस्कार २ हजार ५ सय नगद र प्रमाणपत्र, द्धितिय पुरस्कार २ हजार नगद र प्रमाण पत्र, तृतिय पुरस्कार १ हजार ५ सय नगद र प्रमाणपत्र र सान्त्वना पुरस्कार १ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।अनेम संघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज रस्मिला देबकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेकपा एमालेका केन्द्रिय सदस्य उमादेबि कोइराला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघको आन्दोलनमा अग्रणि भुमिका निर्वाह गर्नुहुने बिभिन्न ब्यक्तिहरुलाई समेत सम्मान गरिएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २४, २०७९

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२