डब्लुडब्लुजे सिन्धुलीको अध्यक्षमा राधिका बुढाथोकी चयन
फागुन २४, सिन्धुली/क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) सिन्धुलीको अध्यक्षमा राधिका बुढाथोकी सर्वसहमत चयन हुनुभएको छ । डब्लुडब्लुजे सिन्धुलीको सातौँ अधिवेशनबाट राधिका बुढाथोकीको अध्यक्षतामा ११ जनाको कार्यसमिती सर्बसम्मत चयन भएको हो ।
डब्लुडब्लुजे सिन्धुलीको नयाँ कार्यसमितीको उपाध्यक्षमा उर्मिला भट्टराई, सचिवमा सुनिता दर्नाल, सहसचिवमा प्रचिक्षा कार्कि, कोषाध्यक्षमा मेनुका आरण चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गोमा श्रेष्ठ, बिनु बिक, सर्मिला खड्का, बिमला रजन मगर, गंगा बिशंखे, गुणा मगर सहितको ११ जनाको कार्यसमिती सर्बसहमत चयन भएको हो ।
डब्लुडब्लुजे सिन्धुलीको अध्यक्ष कृन्जला पुलामीको अध्यक्षता तथा डब्लुडब्लुजे सिन्धुलीका सस्थापक अध्यक्ष बिमला पाण्डेको प्रमुख आतिथ्यतामा भएको सातौँ अधिवेशनमा डब्लुडब्लुजेका पुर्ब अध्यक्ष रमा कार्कि, चिना थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहूदै डब्लुडब्लुजे सिन्धुलीका सस्थापक अध्यक्ष बिमला पाण्डेले डब्लुडब्लुजे महिला पत्रकारहरुको हकहितका सवाल उठाउनको लागि स्थापना गरिएको सँस्था भएकाले महिला पत्रकारहरुलाई माथिल्लो ओहोदामा पु¥याउने काम गरिरहेको बताउनु भयो । पछिल्लो समयमा पत्रकार महिलाको समस्याहरुको पहिचान गरेर पत्रकार महासंघसँग समन्वय गरेर मिडिया सञ्चार संस्थासँग महिला पत्रकारका आबश्यकताको बिषयमा गहन छलफन गर्न आबश्यक रहेको पाण्डे बताउनु भयो ।