घ्याङलेखमा जारी एकीकृत घुम्ति शिविर समापन, २ हजार ३ सय ८१ जना सेवाग्राहिले सेवा लिए

फागुन १९, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकामा जारी एकीकृत घुम्ति शिविरको आज समापन गरिएको छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले शिविरको समापन गर्नुभएको हो ।
आज घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ मा शिविर सन्चालन गरिएको सूचना अधिकारी किशोर वाइवाले जानकारी दिनुभयो । शिविरमा २८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, ९४ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको त्यस्तै १ सय १ जनालाई आयुर्बेद उपचार सेवा प्रदान, १ सय ४६ जनालाई कृषि सेवा, ६६ जनालाई पशु उपचार सेवा, १ जनालाई अपांगता परिचय पत्र वितरण २३ जनालाई योजना सम्बन्धी सेवा, १ जनालाई शिक्षा सम्वन्धी सेवा दिइएको, २ जनालाई व्यापार व्यवसाय÷संस्था दर्ता र ६ जना जेष्ठ नागरीक लाई परिचय पत्र वितरण गरिएको सूचना अधिकारी वाइवाले जानकारी दिनुभयो ।
भौगोलिग विकट क्षेत्र वडा नम्बर लाई लक्षित गरिएर फागुन १६ गतेबाट सुरु गरिएको एकीकृत घुम्ति शिविरले धेरै स्थानियलाई राहत मिलेको अनुभुत भएको अध्यक्ष जगत बहादुर भोलनले बताउनु भयो ।
शिविरमा वडा नम्बर १ बाट ४ सय ६९ सेवाग्राहिले सेवा लिएका छन् । वडा नम्बर २ बाट ३ सय ९९ सय, वडा नम्बर ३ बाट ४ सय ६७, वडा नम्बर ४ बाट ४ सय ७१ र वडा नम्बर ५ मा ५ सय ७५ गरी २ हजार ३ सय ८१ जना सेवाग्राहिले सेवा लिएको प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्किले जानकारी दिनुभयो ।