ब्यूटिसीयन तथा कम्प्युटर हार्डवयर टेक्निसियन तालिमको दाहालद्धारा उद्धघाटन

फागुन १९, सिन्धुली/निःशुल्क सहायक ब्यूटिसीयन तथा कम्प्युटर हार्डवयर टेक्निसियन तालिमको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नुभएको छ ।
जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम कार्किको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा सहायक ब्यूटिसीयन तथा कम्प्युटर हार्डवयर टेक्निसियन तालिमको उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, प्रदेश युवा परिषद हेटौंडाको आर्थिक सहयोग तथा जिल्ला युवा समिती सिन्धुलीको आयोजनामा ३ सय ९० घण्टाको निःशुल्क सहायक ब्यूटिसीयन तथा कम्प्युटर हार्डवयर टेक्निसियन तालिम आजबाट सिन्धुलीमाढिमा सुरु गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य दाहालले उत्पादनलाई रोजगारसँग जोड्नको लागि आबश्यक रहेको बताउनु भएको छ । समग्र अर्थतन्त्र विकास नभइरहेको समयमा स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि युवाहरुलाई सिपमुलक तालिम प्रदान गदैँ आएको दाहालको भनाई छ ।

दक्ष र सिप सहितको जनशक्ति उत्पादन गर्ने उदेश्यसहितले निशुल्क सहायक ब्यूटिसीयन तथा कम्प्युटर हार्डवयर टेक्निसियन तालिमको आयोजना गरिएको बताउनु हुँदै दाहालले भन्नुभयो “बिज्ञान र प्रबिधिको युगमा ब्यूटिसीयन र कम्प्युटर हार्डवयर टेक्निसियन तालिमको अतिआबश्यक हुन् । मानिसलाई सुन्दर,सुखी र सार्थकता जिवनयापनको निम्ति ज्ञान, सिप र विवेकको महत्व हुन्छ ।”
सिप लाई जिवनयापनको माध्यम बनाउने इच्छाशक्ति सहित सिप आर्जन गर्न दाहालले आग्रह गर्नुभयो । पछिल्लो समयमा सन्सारभर कस्मेटिक सामान बढि खपत हुने गरेको दाहाललेब बताउनु भयो । ब्यूटिसियन बाटै मनग्य आम्दानि गरिरहेकाले आत्मनिर्भर बन्नका लागि ब्यूटिसीयन तालिमको महत्व रहेको उहाँले बताउनु भयो ।
जिल्लामा कमै मात्रामा कम्प्युटर हार्डवयर टेक्निसियन रहेकाले जिल्लाका युवा लाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएकाले तालिम बाट जिवनयापन गर्ने सिप इच्छा शक्तिका साथ सिक्न दाहालले आग्रह गर्नुभयो ।
जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम कार्किले युवा स्वरोजगारका लागि ब्यूटिसीयन तथा कम्प्युटर हार्डवयर टेक्निसियन तालिम महत्वपुर्ण रहेको बताउनु भयो ।सरकारले युवा स्वरोजगारको निम्ति बिभिन्न तालिममा आर्थिक लगानि गरेकाले तालिम लिएपछि ब्यबसायिक रुपमा लाग्नको लागी अध्यक्ष कार्किले आग्रह गर्नुभयो ।
यदि प्रदेश सरकारको तोकिएको नियम अनुसार तालिम बाट उर्तिण भए ब्यबसायका लागि प्रतिब्यक्ति ५० हजार सम्म सहयोग गरिने वहाँले बताउनुभयो ।
कार्यक्रममा खेलकुद बिकाु समिति सिन्धुलीका अध्यक्ष बिशाल तामाङ,समाजसेवि राम्जी काफ्ले,चन्द्रनाथ गौतम लगायतको उपपस्थिती रहेको थियो । तालिम प्रदायक संस्था अस्क्फोर्ड एडभान्स इन्जिनियरिङ कलेज,कान्तिपुर बहुप्राबिधिक शिक्षालयका संयोजक कलम चौधरी हुनुहुन्छ ।
तालिममा २० जना महिला र २० जना पुरुषको सहभागिता रहेको अध्यक्ष कार्किले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *