• फागुन १८, सिन्धुली/हायसको ठक्करबाट आज ९ वर्षिय बालिकाको मृत्यु भएको छ । बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझिटारमा सडक क्रश गर्न लाग्दा हायसले ठक्कर दिदा तिनपाटन गाउँपालिका ११ का कमल पाख्रिन र बिमला पाख्रिनको ९ बर्षिया छोरी ममता पाख्रिनको मृत्यु भएको हो ।
    बालिकाको टाउँको, हात, खुट्टामा गम्भिर चोट लागेको कारण सिन्धुली अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । थप उपचारको लागि हेलिकप्टर मार्फत काठमान्डौँ लैजाने तयारी गदैैँगर्दा १२:४५ बजे अस्पतालले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो ।
    तिनपाटनबाट काठमान्डौँ जाने क्रममा गाडि बिग्रिएर बनाउँदै गर्दा बालिका गाडिबाट ओर्लिएर पानी किन्नको लागि सडक काट्न लाग्दा काठमान्डौँबाट काँकडभिट्टा तर्फ जाँदै गरेको बा ४ ख ६२७३ नम्बरको हाइयसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रबक्ता डिएसपी चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    ठक्कर दिने हाइएस प्रहरीको नियन्त्रणमा छ, भने गाडि चालक फरार रहेकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।