• फागुन ११, सिन्धुली/मरिण गाउँपालिकाको चुरे जङ्गलबाट लागू औषध गाँजा सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गयराति १२:३० बजे जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले हरिहरपुरगढिको ७ नम्बर वडा हुँदै लालवन्दी तर्फ जाँदै गरेको अबस्थामा पक्राउ गरिएको हो ।
    लागू औषध सहित फेला परेका ४ जना अभियुक्तले प्रहरीसँग जम्काभेट हुँदा ढुङ्गामुढा सहित आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फाएर गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।
    प्रहरीले ४ जना अभियुक्तको साथ बाट १ सय १५ केजि गाँजा, ३ वटा मोटरसाइकल र खुकरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं. ११ का मानध्वज वाईवा, हरिहरपुरगढी गाउँपलिका वडा नं. ७ बस्ने चन्द्रबहादुर वाईवा, सोही स्थान बस्ने सुयाबहादुर वाईवा र जबखाबहादुर वाईवा रहेको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।