जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता संचालन हुने

फागुन ११, सिन्धुली/सिन्धुलीमाढिमा फागुन १३ गते बाट जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । प्याब्सन सिन्धुलीले आज पत्रकार सम्मेलन गरेर फागुन १३ गते बाट १६ गते सम्म सिन्धुलीमाढीमा प्रतियोगिता संचालन हुने जानकारी दिएको हो ।
प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानका अनुसार कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन गाउपालिका, गोलन्जोर गाउँपालिका, मरिण गाउपालिका लगायत सिन्धुली जिल्ला भरिका झण्डै ३० निजी विद्यालयका ५०० भन्दा बढी विद्यार्थीहरु सहभागी हुने छन् ।
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल सिन्धुलीको आयोजनामा “शारिरिक रुपमा स्वस्थ तथा मानसिक रुपमा प्रतिष्पर्धी बिद्यार्थी” भन्ने नारा सहित अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा खेलकुद प्रति रुची बढ्न गई जिल्ला, क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उदेश्यले प्रतियोगिता संलाचन गर्ने लागिएको आयोजकले जनाएको छ ।
बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई अन्य बिभिन्न अतिरिक्त क्रियाकलाप पनि आबश्यक पर्ने हुनाले बिद्यार्थीको सर्वाङ्गीण विकासको लागी हरेक बर्ष प्रतियोगिताको आयोजना गर्ने गरिएको प्याब्सन सिन्धुलीका भानु गुरुङले बताउनु भयो । प्रतियोगितामा विभिन्न प्रकारका छात्र,छात्रा दुबै तर्फको दौड र छात्र, छात्रा भलिबलका खेलहरु खेलाइने छ ।