-
फागुन १० सिन्धुली/नेकपा एमाले भित्र भएको अन्तरविरोध अन्त्यको लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको नेकपा एमालेको केन्द्रिय सदस्य सरेस नेपालले जानकारी दिुनभयो ।
आज प्रेस चौतारी नेपाल सिन्धुलीले सिन्धुलीमाढिमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै केन्द्रिय सदस्य नेपालले नेकपा एमालेको जारी मिसन ग्रासरुट अभियान बिषयमा प्रष्ट्याउनु भएको हो ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रिय सदस्य नेपालले बताउनु भएको छ ।
नेपालले भन्नुभयो “एमालेको मिसन ग्रासरुट अभियान बिषयमा धेरै नेपालीहरु अन्योलमा छन् । कतिले एमालेले आन्तरिक रुपमा निकै अप्ठ्यारो स्थिती ब्यहोरि रहेको हुनाले समस्या समाधाानको लागी यस्ता अभियान सुरुवात गरे भन्ने लागेको होला । तर एमालेको ग्रासरुट अभियान भन्नाले स्थानीय तहमा उत्पन्न र हुन सक्ने अन्तर्विरोधको पहिचान गर्ने, पार्टी र जनप्रतिनिधिबीच वैचारिक, राजनीतिक र संगठनात्मक एकरूपता, पार्टीमा सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान, नेता–कार्यकर्ता र पार्टी–जनता सम्बन्ध सुदृढ गर्ने एमालेको मुख्य योजना सहितको अभियान हो ।”
सो अभियानले विभिन्न बहानामा राजधानीमा मात्रै केन्द्रित रहने केन्द्रिय सदस्यहरूको कामको वास्तविक परीक्षा अब भइरहेको केन्द्रिय सदस्य नेपालले बताउनु भयो । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेपालले पार्टीलाई जीवन्त, अनुशासित र सुदृढ बनाउन ग्रास रुट अभियान सञ्चालन गरिएको बताएका छन ।नेकपा एमालेको ग्रास रुट अभियान सञ्चालनका लागि सिन्धुली आएका नेपालले पार्टीलाई अनुशासित, सक्षम र व्यवस्थित बनाउन यो अभियान सुरु गरिएको बताएका छन । उनले अभियानका क्रममा पार्टी कमिटीहरु गठन, पुनर्गठन, सदस्यता नविकरण गर्ने, प्रशिक्षित गर्ने लगाएतका काम अभियानका क्रममा गरिने समेत बताए । पार्टीमा संगठनात्मक अराजकता बढेको र पार्टी कार्यकर्तामा विचलन आउन थालेकाले यो अभियान गाउँ गाउँमा पुराउन थालिएको नेपालले बताए । पार्टीको आन्तरिक जीवनमा आएका उतारचढाव र बैचारिक विचलनलाई रोक्न अभियान सुरु गरिएको पनि उनले बताएका छन ।
जनताको भावना र विश्वास जित्न र पार्टीको सामथ्र्य विकास गर्न पनि अभियान सार्थक हुने नेपालले बताएका छन । अभियानका क्रममा जनताको मुद्दा उठान र निराकरण गरिने छ । स्थानीय सरकारहरुलाई व्यवस्थित गरि जनता प्रति उत्तरदायी बनाउने, संगठित सदस्यको संख्या अध्यावधिक गर्ने, पार्टीका कमिटीहरुलाई पुनःर्जागृत गर्ने काम गरिने छ । अभियानमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरु, पालिका कमिटीहरु, वडा कमिटीहरु, जनवर्गिय संगठनका नेताहरु, पार्टीका सल्लाहकारहरु सबै परिचालन गरिने छ ।
सिन्धुलीको अभियान बुधबार सिन्धुलीमाढीमा उद्घाटन गरिने छ । जिल्लाको अभियानको लागि सिन्धुलीमाढीमा हुने जिल्ला कमिटीको बैठकले कार्ययोजना बनाउने छ । २ महिनासम्म चल्ने उक्त अभियानमा पार्टीका केन्द्रीय सदस्यहरु सरेश नेपाल, प्रभा बराल र दावा दोर्जे लामाले नेतृत्व गर्नेछन । पार्टीको नीति, नेतृत्व स्थापित गर्न अभियान सफल हुने नेता नेपालले बताएका छन । उनले पत्रकारहरुलाई अभियानमा सक्रिय र सद्भावयुक्त सहयोगी भूमिका खेलिदिन समेत आग्रह गरेका छन ।
News Desk 0 response बुधबार, फाल्गुन १०, २०७९

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
