-
फागुन ५, सिन्धुली/मरिण गाउँपालिकाले टोल टोलमा गएर सामजिक सुरक्षा भत्ता वितरण साथै नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गाउँपालिकाको स्वीकृत बार्षिक नीति तथा कर्यक्रम अनुसार नै त्रैमासिक रुपमा वडा वडामा गएर सामजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिनुभयो ।
भौगोलिक विकट्ताका कारण सामजिक सुरक्षा भत्ता लिन बैंकसम्म आउन निक्कै कठिनाई हुने हुँदा सामाजिक सुरक्षा भत्ता वडा वडामा र भौगोलिक विकट्ता भएका वडाहरुमा दुई स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण साथै नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
स्वास्थ्य परिक्षणसँगै ९८ प्रकारका औषधि समेत नि:शुल्क वितरण गरिएको वडा अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यो कार्यक्रम पालिकाको निक्कै प्रभावकारी कार्यक्रम बनेको छ ।सामजिक सुरक्षा भत्ताका लागि असक्त, वृद्ध, वृद्धा बैंकसम्म आउन निक्कै कष्टकर हुने भएकोले टोल टोलमा नै गएर स्वास्थ्य परिक्षण सँगै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । हाल सम्म वडा नं. १ देखि ५ सम्ममा ८ स्थानमा नि:शुल्क स्वास्थ्य परिक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अ.हे.व. मधु लाखेले जानकारी दिनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन ५, २०७९
हाल सम्ममा ५ सय ७१ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख लाखेले जानकारी दिनुभयो । असक्त, वृद्ध, वृद्धालाई बेला बेलामा स्वास्थ्य परिक्षण गरिरहनु पर्ने हुँदा सामाजिक सुरक्षा भत्ता वितरणसँगै टोलटोलमा नै निशुल्क स्वास्थ्य परिक्षण गर्दा निक्कै प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख लाखेले वताउनुभयो ।
अब सोमबार वडा नं. ६ मा दुई स्थानमा र बुधवार वडा नं. ७ मा एक स्थानमा निशुल्क स्वास्थ्य परिक्षण सहित सामाजिक सुरक्षा भत्ता वितरण गरिने स्वास्थ्य शाखा प्रमुख लाखेले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२