-
माघ २८, सिन्धुली/सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय परियोजनाबाट खानेपानीको मुहान ब्यबस्थापन अनुमतीका लागि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएको छ ।
News Desk 0 response शनिबार, माघ २८, २०७९
राष्ट्रिय गौरबको बहुउद्देश्यीय सुनकोशी मरिण डाइभर्सन अनुगमनको लागि गृह जिल्ला आइपुग्नु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठ समक्ष सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका अध्यक्ष घनश्याम देवकोटाले ज्ञापन पत्र बुझाउनु भएको हो ।
सिद्देश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सिन्धुलीको कमलामाई नगरपालिका ४,५,६ र ७ नम्बर वडाका लागि खानेपानीको सेवा प्रवाह गर्दै आइरहेको छ । केहि बर्ष यता तिब्र जनसङ्ख्या बृद्धिका कारण सुब्यबस्थित खानेपानी व्यवस्थापन गर्नको लागि थप चुनौति बढिरहेको छ ।
दिर्घकालिन समस्या समाधानको लागि सुनकोशी मरिण डाइभर्सनबाट थप मुहानको व्यवस्थापनको लागि बागमती प्रदेशद्धारा डिजाइन स्टमेट गरी काम गर्न अनुरोध गरिएकाले मुहानको अनुमतिको व्यवस्थापन मिलाई सहयोग गरिदिनका लागि सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले अनुरोध गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठले बढ्दो जनसंङ्ख्यालाई मध्यनजर गरेर उपभोक्ता सँस्थाले खोजेको बिकल्प उदाहरणीय रहेको तर आयोजनासँग छलफल नगरी टुङ्ग्याउन नमिल्ने बताउनु भयो । आयोजनाबाट पानीको सानो अंश मात्रै माढिबजार ल्याउन सके सिन्धुलीमाढीको खानेपानीको दिर्घकालिन समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाई छ ।
सबै पक्षसँग छलफल गरेर काम अगाडी बढाउने मन्त्री श्रेष्ठले प्रतिवद्धता समेत जनाउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२