मावि हायुटारको ६० औं बार्षिकोत्सबको अवसरमा बिद्यालयको नवनिर्मित भवनको उद्घाटन
माघ २६, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. २ स्थित माध्यमिक विद्यालय मरिण हायुटारको ६० औं बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बिद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
बिद्यालयको ६०औं बार्षिकोत्सबको अवसरमा सिन्धुली क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल(राजन)ले भवनको उद्घाटन गर्नुभएको हो । २०७२ सालको विनासकारी भुकम्पबाट क्षतिग्रस्त भएको हायुटार बिद्यालयको एशियाली विकास बैंक (एडिबि) को ऋण सहयोगमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत भवन निर्माण गरिएको हो ।
बाल मैत्रि, अपाङ्ग मैत्रि र महिला मैत्रि सहितको बिद्यालयको भवन निर्माण भएको बिद्यालयले जनाएको छ । बिद्यालयको नवनिर्मित भवनको आज (विहिवार) प्रतिनिधि सभा सदस्य दाहालले उद्घाटन गरेर बिद्यालयका प्रधानाध्यापक बिजय थिङलाई हस्तानतरण गर्नुभएको हो ।
संघिय साँसद दाहालले बिद्यालय जति बाहिरबाट सौन्दर्य देखिन्छ बिद्यार्थी लाई तेतिकै गुणस्तरीय र श्रेष्ठतम ज्ञान प्रदान गर्नको लागी शिक्षकहरुलाई अनुरोध गर्नुभयो । सरकारले करोडौँ लगानि गरेर सरकारी बिद्यालयबाट गुणस्तरीय र दक्ष बिद्यार्थी उत्पादनको लागी प्रत्यक बर्ष खर्च गरिरहेको भएपनि खासै शिक्षामा भने सुधार नपाइएको दाहालको गुनासो गर्नुभयो।
अहिलेसम्मको ज्ञान प्रबाहले अबको प्रबिधियुक्त समयमा नपुग्ने उहाँले बताउनु भयो । बिद्यार्थीले पनि इच्छा र शक्तिको साथ ज्ञान लिनको लागि तत्पर भयो भने मात्र नमुना बिद्यार्थी उत्पादनमा टेवा मिल्ने दाहालको भनाई छ ।
अहिलेको प्रबिधियुक्त समयमा शिक्षा लाई बिज्ञान सँग जोडिने र बिज्ञान लाई उत्पादन सँग जोडिने भएकाले त्यस्ता बिद्यार्थी अब हायुटार बिद्यालयबाट उत्पादन गर्नको लागी दाहालले अनुरोध गर्नुभयो । जसको लागी आबश्यक पर्ने सम्पुर्ण सुबिधा तथा पुर्बाधारको जिम्मा लिने पनि दाहालले प्रतिबद्धता जनाउनु भयो । त्यस्तै दाहालले समयअबधि भित्रै गुणस्तरीय काम द्धारा भवन निर्माण सम्पन्न गर्ने कम्पनि प्रति पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।