क्यान खोलामा पक्कि पुल निर्माण सुरु

माघ २४, सिन्धुली/हरिहरपुरगढी गाउँपालिका ७ को क्यान खोलामा पक्कि पुल निर्माण हुने भएको छ । हरिहरपुरगढीको क्यानेश्वर र सर्लाहीको हरिवन जोड्ने बाटोमा पर्ने क्यान खोलमा पक्कि पुल आज (मंगलबार) शिल्यान्यास भएको हो ।
प्रतिनिधिसभा सदस्य माननीय लेखनाथ दाहालले पक्कि पुलको एक औपचारिक कार्यक्रमका वीच शिल्यान्यस गर्नु भएको हो । संघीय सरकारको करिब ८ करोडको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई ८५ मिटर रहेको छ । २०८० असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरि निर्माणको जिम्मेवारी रसुवा ईलाईट जेभिले लिएको छ ।
पुलको शिल्यान्यास गर्दै प्रतिनिधिसभा सदस्य दाहलले हरिहरपुरगढीको जनतालाई सलार्ही तथा अनेत्र जानतालाई अति आवश्यक परेकोले यसलाई गणस्तरी र समयमा नै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नु भयो । गलत स्थानमा डिपिआर भएको कारण डिपिआर परिवर्तन गर्न केहि समय ढिलाई भएको यस पुल निर्माणको लागि निर्माण कम्पनीलाई अब बाँकी ५ महिनामा निर्माण सम्पन्न गर्नु चुनौती छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *