• १६ माघ, सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले ऐतिहाँसिक स्थल हरिहरपुरगढी किल्लाको विकास आफ्नो पहिलो प्रथमिकतामा रहेको वताउनुभयो । हरिहरपुरगढी विकासको लागि मदन भणडरी राजमार्गबाट हरिहरपुरगढि किल्ला जोड्ने ८ किलो मिटर कच्चि सडक कालोपत्रे गर्न पहल गर्ने वताउनुभयो ।
    प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा ऐतिहासिक स्थल “हरिहरपुरगढिको विकास र प्रबद्र्धनको लागी सरोकारवालाको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद दाहालले हरिहरपुरगढीको महत्वलाई चिनाएर पर्यटकीय क्षेत्र वनाउन लागिपर्ने वताउनुभयो । ।
    दाहालले हरिहरपुरगढि किल्लाको ऐतिहासिक अस्तित्व सँगै सौन्दर्यकरण गर्न पनि आबश्यक रहेको बताउनुभयो । ऐतिहाँसिक किल्लाको विकास र समृद्धिको लागि पहिलो भूमिका स्थानिय सरकार र स्थानियबासिकै रहने पनि उहाँले बताउनु भयो । हरिहरपुरगढि किल्ला प्रवेशद्धार निर्माणको लागि माननिय दाहालले बजेट बिनियोन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
    त्यस्तै उहाँले सिन्धुली जिल्लाका पत्रकारहरुले प्रतिष्पर्धामा अब्बलता कायम गर्न आबश्यक रहेको बताउनु भयो । स्वस्थ्य प्रतिष्पर्धाका साथ अगाडि बढ्न सके सफल पत्रकारको रुपमा स्थापित हुने उहाँले बताउनु भयो ।
    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सिन्धुलीको आयोजना तथा हरिहरपुरगढि गाउँपालिकाको आर्थिक सहयोगमा हरिहरपुरगढि गाउँपालिकाको वडा नम्बर १ स्थित हरिहरपुरगढिमा कार्यक्रम सम्पन्न भएको हो ।
    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा बागमति प्रदेश इन्चार्ज लक्ष्मण खड्का,हरिहरपुरगढि गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवा,प्रमुख प्रशाशकिय अधिकृत दाताराम प्याकुरेल लगायत जिल्लाका पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो ।