• माघ १३, सिन्धुली/नेपाल समाजवादी पार्टी अन्तर्गत समाजवादी साँस्कृतिक महासंघको केन्द्रिय अध्यक्षमा रमेश खड्का सर्वसहमत चयन हुनुभएको छ ।

    काठमाण्डौमा एक औपचारिक कार्यक्रम गर्दै महासंघले खड्काको अध्यक्षतामा ६ जना पदाधिकारी सहित ३२ जनाको केन्द्रिय समिति पुनर्गठन गरेको हो । महासंघको उपाध्यक्षमा रहिश शाह, महासचिवमा भरत केसी, उपमहासचिवमा राकेश गुरुङ्, सचिवमा तुलसा लिम्बु र कोषाध्यक्षमा दुर्गा बहादुर तामाङ् रहेका छन् ।

    नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यता तथा पार्टी सचिव इश्वर रिजालको विशेष आतिथ्तामा सम्पन्न कार्यक्रममा गैरभूगोल विशेष इन्चार्ज सोनामसिं स्यांतान, केन्द्रिय सदस्यहरु महेन्द्र शाही, विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो । पार्टीको साँस्कृतिक संगठनलाई हरेक जिल्लामा पुर्याउन र जिल्लाव्यापी रुपमा संगठन विस्तार गर्न अध्यक्ष खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

    विगत २० वर्षदेखि संगित क्षेत्रमा समय विताउनुभएका अध्यक्ष खड्काको संगितमा नयाँ तथा पूराना चर्चित गायक गायिकाहरुले स्वर भरिसकेका छन् । कला तथा साँस्कृतिक क्षेत्रलाई व्यवस्थित बनाउँदै सबैको सहयोग र सल्लाह अनुसारका कार्यक्रम सन्चालन गर्ने योजना रहेको अध्यक्ष खड्काको भनाई छ ।