सोनाम ल्होछार नेपालको राष्ट्रिय पर्व होः पूर्व मन्त्री तामाङ

७ माघ, सिन्धुली/तामाङ समुदायको माहान पर्ब सोनाम ल्होछार नेपालमा सबैभन्दा बढि जनसंङख्याले मनाउने पर्ब रहको पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले बताउनु भयो ।
ल्होछार राष्ट्रिय पर्ब भएकाले सम्पुर्ण नेपालीलाई सोनाम ल्होछार हर्षोउल्लासका साथ मनाउन पूर्व मन्त्री तामङले आग्रह गर्नुभयो । तामाङ समुदायको माहान पर्ब ल्होछारसँग जोडिएको मुख्य पेशा कृषिलाई पछिल्लो समय तामाङ समुदायले बेवास्ता गरेको पुर्ब कानुनमन्त्री तामाङले बताउनु भयो ।
आज नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समिती सिन्धुलीद्धारा सिन्धुलीमाढीको बुद्धनगर चोकमा आयोजीत सोनाम ल्होछार साँस्कृतीक जागरण अभियान तथा सम्मान कार्यक्रममा पूर्व मन्त्री तामाङले पछिल्लो समय कृषि कार्य लोप हुने अबस्थामा पुगेको बताउनु भएको हो ।


पूर्ब मन्त्री तामाङले प्रसिद्ध जुनारले चिनिएको सिन्धुलीमा अन्य पेशाबाट पनि जिल्लालाई चिनाउन आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो “हामी सबै सहर केन्द्रित भयौँ । हामिले गाउँलाई बिर्सियौँ । गाउँमा लगाइने भेषभुषा, खाना, गाउँमा उत्पादन हुने बस्ने सामान देखि ओढ्ने ओछ्याउने सम्म बिर्सिएर सहर उन्मुख भयोैँ । अब हामिले ति पुरातात्वीक सामान लाई संरक्षण गर्ने जरुरी छ ।”


बिदेशि सामान लाई त्यागेर गाउँका उत्पादनलाई बिषेश प्राथमिकता दिनु जरुरी रहेको बताउनु भयो । नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समिती सिन्धुलीको आयोजनामा भएको सोनाम ल्होछार साँस्कृतीक जागरण अभियान तथा सम्मान कार्यक्रमको नेपाल सरकारका पुर्ब कानुन मन्त्रि शेर बहादुर तामाङले बुद्धको स्तुपामा १ सय ८ वटा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य द्वय छेत्रबहादुर बम्जन र शुकुमाया तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ वडाध्यक्ष नरेश गोले, वडा नं. २ का वडाध्यक्ष इन्द्रबहादुर वाईवा, वडा नं. ७ का वडाध्यक्ष कर्णबहादुर घिसिङ र वडा नं. ११ का वडाध्यक्ष राबहादुर थिङलाई सम्मान गरिएको थियो ।
नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समिती सिन्धुलीका अध्यक्ष सरिता राई तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका सिन्धुली जिल्ला इन्चार्ज सुर्य पाख्रिन, बागमति प्रदेश सभा सदस्य छेत्र बहादुर बोम्जन, पुर्ब प्रदेश साँसद बिनोद खड्का लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *