-
मंसिर ९, सिन्धुली/सिन्धुलीमा आठौं उद्योग दिवसको अबसरमा स्थानीय उत्पादनको प्रदर्शनी गरिइएको छ । घरेलु तथा साना उद्योग सिन्धुलीको आयोजनामा उद्योग दिवसको अवसरमा सिन्धुलीमा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो । “औद्योगिक लगानी र पुर्वाधारः समृद्धिको बलियो आधार भन्ने नारा सहित घरेलु तथा साना उद्योग कार्यलय सिन्धुलीले स्थानीय उत्पादनको प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।
News Desk 0 response शुक्रबार, मंसिर ९, २०७९
प्रदर्शनीमा जिल्लाका उद्यमी उत्पादन गरेका सामाग्रीहरु राखीएको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले उद्यमीहरुले उत्पादन गरेका कुराहरुलाई बिक्री वितरण गर्नको लागि जिल्ला समन्वय समितिलीले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
त्यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले जिल्लाको उत्पादनलाई प्रोत्साहन गरेर बेरोजगारी हटाउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरिय जिल्लालाई चिनाउने उद्यमिहरुको मेहनतलाई कमलामाई नगरपालिकाले सदैब स्वागत गर्ने बताउनु भयो । साना उद्योग हरुलाई प्रोत्साहन दिनको लागि उद्योगीहरु संग सहकार्य गरेर उत्पादन र आयस्रोत बढाई बेरोजगारी हटाउने कार्यमा सहकार्य गर्ने उहाँले बताउनुभएको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय सिन्धुलीका प्रमुख प्रविण श्रेष्ठले जिल्लामा रहेका उद्यमीहरुलाई हौसला प्रदान गर्ने तथा उद्योगहरुको प्रवर्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ ।
त्यस्तै सौगात लघु उद्यमकी प्रमुख बिमला थापाले सम्बन्धीत संस्थाहरुले उद्यमीहरुलाई प्रवर्धन गर्नको लागि साना लगानीका साधन भन्दा पनि उद्यमी हरुले खरिद गर्न नसक्ने किसीमका ठुला साधनहरु सहयोग गरिदिन आग्रह गर्नुभएको छ । साथै थापाले ठुला ठुला प्रदर्शनी गर्दा जिल्लाको साना उद्योगहरु ओझेलमा पर्ने भएकाले यस्ता खालका उद्यमीहरुलाई समेट्ने साना किसीमका प्रदर्शनीहरुले उद्यमीहरुलाई प्रोत्सान मिल्ने बताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
-
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा..
बिहिबार, माघ १९, २०७९ -
एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह..
मङ्लबार, माघ १७, २०७९ -
हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
सोमवार, माघ १६, २०७९ -
समाजवादी साँस्कृतिक महासंघको अध्यक्षमा खड्का चयन
शुक्रबार, माघ १३, २०७९ -
सहिदका अधुरा सपना पूरा गर्नु मेरो..
बिहिबार, माघ १२, २०७९
-
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा..
बिहिबार, माघ १९, २०७९ -
एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह..
मङ्लबार, माघ १७, २०७९ -
हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
सोमवार, माघ १६, २०७९ -
समाजवादी साँस्कृतिक महासंघको अध्यक्षमा खड्का चयन
शुक्रबार, माघ १३, २०७९ -
सहिदका अधुरा सपना पूरा गर्नु मेरो..
बिहिबार, माघ १२, २०७९
-
एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह..
मङ्लबार, माघ १७, २०७९ -
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा..
बिहिबार, माघ १९, २०७९ -
हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
सोमवार, माघ १६, २०७९