• मंसिर ६, सिन्धुली/प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २(२) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी हुनु भएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना सोमवारबाट मतगणना सुरु भएको थियो ।
    श्रेष्ठले १३ हजार १ मत सहित विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठले ३ हजार २ सय १२ मतले एमालेका पौडेललाई जित्नु भएको हो । यस प्रदेशमा ४४ हजार ७ सय १० मतदाता रहेकोमा २४ हजार ५ सय ५४ मत खसेको थियो ।
    वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को गंगानारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो । यस प्रदेश अन्तर्गत हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिका पर्दछ । श्रेष्ठले हरिहरपुरगढी गाउँपालिकाबाट ५ हजार १२ मत प्राप्त गर्नु भएको थियो भने मरिण गाउँपालिकाबाट ५ हजार ६ सय ३ मत प्राप्त गर्नुभएको थियो । घ्याङलेख गाउँपालिकामा मत प्राप्त गर्नुभएको थियो ।
    सिन्धुलीमा गठबन्धन अगाडी
    सिन्धुलीमा गठबन्धनका उम्मेदवारहरु अगाडी रहेको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ का माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राजन दाहाल ३ हजार भन्दा वढी मतले अग्रता कायम गरिरहेको छ ।
    त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ का नेपाली काँग्रसका केन्द्रिय सदस्य श्यम घिमिरले २ हजार भन्दा वढी मगले अग्रगता कायम गरिरहेको छ । प्रदेश सभा २(१) का छत्रबहादुर बम्जन जितको नजिक पुगको छ । बम्जनको गणना हुन बाँकी रहेको भन्दा फरक मत वढी रहेकोले जित निश्चित भएको हो ।
    प्रदेश सभा क्षेत्र नं. १(१) का मातृका पहाडी करिब २ हजार मत अन्तर हेको छ भने क्षेत्र नं. १(२) का रामकुमार पहाडी ८१ मत अन्तर सहित अगाडी रहेको छ ।