• मंसिर १, सिन्धुली/बाम-लोकतान्त्रीक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा १ का साझा उम्मेद्वार छेत्रबहादुर बम्जनले नेकपा एमाले जनता लुट्न राजनितिको साहारा लिनु भएको आरोप लगाउनु भयो।

    वामलोकतान्त्रक गठवन्धनले कमलामाई नगरपालिका वडा नं. २ को वेसारमा आयोजित चुनावी सभा तथा भेटघाट कार्यक्रममा बोल्नुहुदै उम्मेद्वार वम्जनले देश र जनतालाई लुट्न राजनितिकको साहारा लिएको वताउनु भयो।

    कार्यक्रममा सम्बोधन गर्नुहुँदै उम्मेद्वार वम्जनले एमाले जनताको सेवक होईन, कमिसनको लागि मात्र सत्तामा पुग्ने गरेको वताउनुभयो। उहाँले `भ्रष्टचार गर्न सक्नेलाई मात्र टिकट दिने र भ्रष्टचारको विरोध गर्ने भिम रावल, घनश्याम भुसालहरूलाई टिकट नदिएर वास्तविकता उदाङ्गिएको छ। अब तपाईहरूले बुझ्न जरूरी छ। भ्रष्ट देशद्रोहीहरूले जितेमा फेरि जनताले दुु पाउनेछ।´ भन्नुभयो ।