-
कात्तिक २९, सिन्धुली/वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. २ का साझा उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले हरिहरपुरगढीलाई पर्यटकको आकर्षको केन्द्र बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
वाम–लोकतान्त्रिक गठबन्धन हरिहरपुरगढी गाउँपालिका स्तरीय निर्वाचन परिचालन समितिले नयाँगाउँमा आयोजना गरेको सुचनावि सभालाई सम्बोधन गर्दै प्रतिनिध सभा सदस्यका उम्मेदवार दाहालले ऐतिहाँसिक किल्ला हरिहरपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनु भएको हो । हरिहरपुरगढी किल्लाको पुरातात्वकीक महत्वलाई कायम राख्दै विकास गर्ने र यस क्षेत्रममा रिङरोड निर्माण, होमस्टेको व्यवस्थापन, भ्युटारवर पर्यटक रमाउने स्थलहरुको निर्माण गरी पर्यटकको आकर्षणको केन्द्र वनाउने प्रतिवद्धता जनाउनुभयो ।
दाहालले यस क्षेत्रको खानेपानी समस्या समाधान पहिलो प्राथमिकता रहने समेत प्रतिवद्धता जनाउनुभयो । “साविक हरिहरपुरगढी गाविसको वडा नं. २ र ४ मा खानेपानीको मुख्य समस्या रहेको छ, लिफ्ट मार्फत केहि समस्या समाधनको प्रयत्न त भएको छ तर त्यो प्रयाप्त छैन, यहाँ पर्यटकीय क्षेत्र वन्नको लागि यहाँ प्रयाप्त पानी चाहिन्छ, त्यो पानीको लागि ठूलो योजना सहित पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता गर्दछु, त्यसपछि मदन भण्डारी राजमार्गबाट हरिहरपुगढी दरवार सम्म कालोपत्र गर्ने र यहाँ रिङरोड निर्माण गर्ने प्रतिवद्धता समेत गर्दछु ।” उम्मेदवार दाहालले भन्नुभयो ।
उम्मेदवार दाहालले हरिहरपुरगढी गाउँपालिकामा औधोगिक क्षेत्र घोषणा गरिसकेको र युरिया मल कार्खाना खोल्ने प्रकियामा रहेको र ११६ मेघावाट को कोखाजोर हाइडोपावर वन्ने प्रकृयामा रहेकोले यस क्षेत्रका जनतालाई रोजगारीको कुनै समस्या नहुने वताउनुभयो । यस क्षेत्रको जनताको संवृद्धिका लागि निरन्तर जनताको सेवामा लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
दाहालले नेकपा एमालेका अध्यक्ष ओलीका कारण देशले पाँच वर्ष अस्थिरता व्यहोर्नु परेको वताउदै अब गठबन्धन दलले विकास निर्माणको नेतृत्व गर्ने वताउनु भयो । अब पाँच वर्ष स्थायि सरकार गठन भएर विकास निर्माणको नयाँ युगको सुरुवात गरिने प्रतिवद्धता गर्नुभयो ।कार्यक्रममा बाम–लोकतान्त्रिक गठबन्धन दलका प्रदेश सभा २(२)का साझा उम्मेदवार गंगानारायण श्रेष्ठ, नेकपा(एकिकृत समाजवादी)का प्रदेश सभाका समानुपातिक उम्मेदवार शान्ता पाख्रिन, निवर्तमान प्रदेश सभा सदस्य बसन्त माझी लगाएतले मन्तव्य राख्नु भएको थियो ।
News Desk 0 response मङ्लबार, कार्तिक २९, २०७९

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०