• कार्तिक २८, सिन्धुली/कुनै पनि राजनीतिक विभेद नगरी जनताको आवश्यकताको आधारमा विकास निर्माणको काम गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ सिन्धुलीका लेखनाथ दाहाल(राजन) । सिन्धुलीको निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा १ का निवर्तमान सभासद समेत रहेका दाहाल नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज तथा पार्टी पोलिटव्यूरो सदस्य समेत हुनुहुन्छ ।

    दाहाललाई विना विभेद विकासमा लागि पर्ने नेताको रुपमा जिल्लावासीले चिन्दछन् । यसको उदाहरणका लागि दाहालको पहलमा पाँच वर्षमा प्रदेश सरकार तथा विभिन्न निकायबाट भित्र्याइएका १ हजार भन्दा वढी योजनालाई लिन सकिन्छ । दाहालले प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएपछि कमलाखोंच क्षेत्रमा विकास निर्माणको कामलाई तिब्रता दिनुभएको हो । कमला नदी कटान नियन्त्रण, चुरे संरक्षण, सडक कालोपत्रे, विद्यालय भवन निर्माण, सिंचाई, खानेपानी, बसपार्क निर्माण जस्ता योजनाहरु दाहालको प्रथमिकतामा परेका थिए ।

    दाहालले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकालभरिमा करिब ४० किलोमिटर ग्रामिण कृषि सडक कालोपत्रे, कमलाकरिडोर, कमलानदी कटान नियन्त्रणको लागि करिब ३ अर्ब रुपैयाँको १७ ओटा योजना, ५०० जना विद्यार्थीका लागि छात्रावासको व्यवस्था सहित प्रदेशको नमूना विद्यालय निर्माणको योजना, कमलाखोँच क्षेत्रको कृषि उत्पादनका लागि करिब १९ करोडको ३ ओटा योजना, भिमान र दुधौलीमा सुविधा सम्पन्न वसपार्क, करिब साढें ५ करोडको रंगशाला निर्माण तथा नमूना एकिकृत मुसहर वस्तिमा ७ सय ५० घर निर्माण जस्ता लोकप्रिय योजनाहरु सम्पन्न गर्नुभएको छ । त्यसो त दाहालकै पहलमा कमलाखोंच क्षेत्रमा तावा–ककुर नदी नियन्त्रणका योजनाहरु पनि सञ्चालन भएका छन् ।

    दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारका अनुसार निवर्तमान सभासद दाहालको पहलमा विगत पाँच वर्षमा करिब ४ सय ५० ठूला योजना र करिब ५ सय ५० भन्दा बढी साना योजनाहरु निर्वाचन क्षेत्र नं. १(१) सन्चालन भएका छन् । दाहालले निरन्तर विकास निर्माणको काममा नै सक्रिय भएर प्रदेश सरकार तथा अन्य दात्रि निकाय र नेपाल सरकारसंग विभिन्न योजनाहरु माग गरी कमलाखोँच क्षेत्रमा विकासको लहर चलाएको त्यहाँका स्थानीय अगुवाहरुको भनाई छ ।

    त्यसो त विश्वव्यापी स्वास्थ्य महामारीको रुपमा फैलिएको कोरोना कहरका वेला सिन्धुलीमाढीमा आईसोलेसन भवन निर्माणको मुख्य नेतृत्व गर्ने व्यक्ति पनि लेखनाथ दाहाल(राजन) नै हुन् भन्ने जिल्लावासी सवैलाई थाहा छ । दाहाल हाल प्रतिनिधि सभा क्षेत्र नं. २ बाट लोकतान्त्रिक बाम– गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं. २ का जनताले पनि दाहाललाई धेरै आशा, विश्वास र भरोसा गरेको पाईन्छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं. २ बाट लेखनाथ दाहाललाई जिताउँन अन्य दलका नेता तथा कार्यकर्ताहरु पनि भित्री रुपमा लागिरहेका छन् ।