• कात्तिक २५, सिन्धुली/बाम-लोकतानित्तक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. २ का साझा उम्मेदवार लेखनाथ दाहाल (राजन)ले बाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा पाँच वार्षमा स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र भएको मुलुक बनाउने वताउनुभयो ।
    बाम लोकतान्त्रिक गठबन्धनको मिरण गाउँपालिका वडा नं. २ मा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै नेता दाहालले प्राप्त उपलब्धहरुको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व बाम–लोकतान्त्रिक गठबन्धनले गर्ने वताउनु भएको हो । कार्यक्रममा नेता दाहालले संविधानको सफल कार्यान्वय गर्दै गठबन्धनको स्थिायि सरकार मार्फत विकास र समृद्धिको नेतृत्व गर्ने वताउनुभयो ।
    कार्यक्रममा बोल्दै नेता दाहालले भन्नुभयो ‘आगमी पाँच वर्षमा हामीले निर्वाह गर्नुपर्ने भुमिका धेरै छन्, यो देशलाई समृद्ध मुलुक वनाउन चाहान्छौं, हामीले ठूलठूला प्रजेक्टहरु सन्चालन गरेका छौं र नयाँ पनि सुरु गछौं, समग्र सिन्धुली निर्माणको लागि हामीले जसरी सुनकोशी–मरिण डाइभर्सन सुरु गरेका छौं, त्यसै गरी हाम्रै कार्यकालमा कोखाजोर जलायसयुक्त हाईड्रोपावर सुरुवात गछौं, त्यो प्रोजेक्ट ११६ मेघावाटको हुने छ, यसबाट राज्यलाई अरबौं फाईदा हुन्छ हुन्छ, सिन्धुलीलाई पनि फाईदा हुन्छ, त्यसको निश्चित प्रतिशत सिन्धुलीलाई आउँछ, त्यो विजुली विदेश निर्यात हुन्छ, हिजो विजुली विदेशबाट किनिन्थ्यो अहिले विजुलीबाट मासिक २०/२५ अरब आम्दानी हुन्छ । अब दुई वर्षमा मासिक २ खर्बको विद्युत विदेश निर्यात गर्न सक्छौं ।’
    कार्यक्रममा बोल्दै नेता दाहालले नेकपा एमालेको तर्फबाट उम्मेदवार वनेका रामकुमार पौडलले परिवर्तनकारी जनतालाई धोखादिएर एमालेमा पुग्नु भएको भन्नुहुँदै जनतालाई धोखादिनेलाई मतदान गर्न नसकिने वताउनुभयो । पौडलले निरन्तर ओलीको प्रतिगामी कदमको विरोध गरेको तर व्यक्तिगत स्वर्थका कारण ओलीको टिकट लिएर जनतामा भ्रम छर्न आएकाले भ्रममा नपर्न समेत दाहालले आग्रह गर्नु भयो । दाहालले समृद्ध मरिण र समग्र विकासको लागि गठबन्धनले जित्नुपर्ने वताउनुभयो । उहाँले पर्यटकीय शहर मरिण निर्माण गर्न अवश्यक सम्पर्ण भौतिक संरचना निर्माण गर्न निर्वाचन पछि गुरुयोजना वनाएर काम गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

    दाहालले भन्नुभयो “संघर्षमा सँगै मिलेर सहकार्य गरेपछि निर्वाचनमा पनि सँगै जानुपर्छ । हाम्रो उद्धेश्य र संकल्प साझा छन् समग्रमा प्राप्त उपलब्धिको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने हाम्रो साझा संकल्प र उद्धेश्य छ । पछिल्लो चरण हामी जनतामाझ जादा हामी प्रति जनताको अपार उत्साह छ, विश्वास छ, आकर्षण छ यो विश्वास आकर्षणलाई मतमा बदल्नको लागि अत्याधिक मत मार्फत लोकतन्त्रको पक्षमा, संविधानको रक्षा, सफल कार्यान्वयनको पक्षमा आफ्नो अमुल्य मतदान सहित परिवर्तनको पक्षमा हामीलाई उभ्याउनुहुन्छ भन्ने विश्वास लिएका छौ ।”