• कात्तिक २४, सिन्धुली/प्रतिनिधि सभा क्षेत्र नं. २ का वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लेखनाथ दाहाल (राजन)ले केपी ओलीले नेतृत्व गरेको एमाले प्रतिगामी शक्तिलाई नेतृत्व गर्ने पार्टी र राजावादीहरुको नेतृत्व गर्ने पार्टी भएको वताउनुभयो ।
    सक्कली एमाले माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पार्टी भएको वताउँदै ओली एमाले गणतन्त्र, संघीयता र यो संविधान विरोधि जनविरोधि पार्टी रहेकोले भन्दै यहाँ रहनुभएका देश भक्त, परिवर्तनकारी कार्यकर्तालाई भ्रममा नरहन आग्रह गर्नुभयो । वाम लोकतान्त्रिक गठबन्धनले मरिण गउँपालिकाको छापमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै उम्मेदवार दाहालले जनविरोधि ओली एमालेलाई एक मत पनि जान नदिई प्रतिगमन पूर्णरुपमा अस्विकार गर्न आग्रह गर्नुभयो ।
    दाहालले भन्नुभयो “संघर्षमा सँगै मिलेर सहकार्य गरेपछि निर्वाचनमा पनि सँगै जानुपर्छ । हाम्रो उद्धेश्य र संकल्प साझा छन् समग्रमा प्राप्त उपलब्धिको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने हाम्रो साझा संकल्प र उद्धेश्य छ । पछिल्लो चरण हामी जनतामाझ जादा हामी प्रति जनताको अपार उत्साह छ, विश्वास छ, आकर्षण छ यो विश्वास आकर्षणलाई मतमा बदल्नको लागि अत्याधिक मत मार्फत लोकतन्त्रको पक्षमा, संविधानको रक्षा, सफल कार्यान्वयनको पक्षमा आफ्नो अमुल्य मतदान सहित परिवर्तनको पक्षमा हामीलाई उभ्याउनुहुन्छ भन्ने विश्वास लिएका छौ ।”
    कार्यक्रममा बोल्दै दाहालले “यदि यो पटक पनि जनता झुक्किएर प्रतिगामी एमालेकोमा मत गयो भने जनताले आफ्नो खुट्टामा आफैले बन्चरोले हानेको हुन्छ त्यसैले सबै जनताको घर घरमा गएर जनतालाई बुझाउन जरुरी छ” भन्नुभयो । उहाँले नेकपा एमालेको तर्फबाट उम्मेदवार वनेका रामकुमार पौडलले परिवर्तनकारी जनतालाई धोखादिएर एमालेमा पुग्नु भएको भन्नुहुँदै जनतालाई धोखादिनेलाई मतदान गर्न नसकिने वताउनुभयो ।
    पौडलले निरन्तर ओलीको प्रतिगामी कदमको विरोध गरेको तर व्यक्तिगत स्वर्थका कारण ओलीको टिकट लिएर जनतामा भ्रम छर्न आएकाले भ्रममा नपर्न समेत दाहालले आग्रह गर्नु भयो । दाहालले समृद्ध मरिण र समग्र विकासको लागि गठबन्धनले जित्नुपर्ने वताउनुभयो । उहाँले पर्यटकीय शहर मरिण निर्माण गर्न अवश्यक सम्पर्ण भौतिक संरचना निर्माण गर्न निर्वाचन पछि गुरुयोजना वनाएर काम गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।