• कात्तिक २४, सिन्धुली/वाम-लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा २(२) का साझा उम्मेदवार गंगानारायण श्रेष्ठले ओली एमाले गठबन्धनका उम्मेदवारहरुको प्रतिस्पिर्धि नै हुन नसक्ने वताउनुभयो ।
    स्थानीय तह निर्वाचनमा प्रदेश क्षेत्र नं. २(२)मा रहेको २० ओटा वडामा एमालेलाई चिट्ठा परेर तीन ओटा वडा जितेकोले गठबन्धनको प्रतिस्पिर्धि नै हुन नसक्ने वताउनुभयो । आज मरिण छापमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनदलको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो “आफु सँगैकालाई मात्रै प्रतिष्पर्धी मानिने भएकाले नेकपा एमाले हाम्रो प्रतिस्पिर्धि नै हुन सक्दैन ।”
    सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश २ का नेकपा एमाले उमेदवार राम कुमार पौडेललाई श्रेष्ठले राजनिति बाट सन्यास लिएर बृद्धाभत्ता थापेर बस्न आग्रह गर्नुभएको छ । श्रेष्ठले माओवादी केन्द्रले उमेर हेरेर सम्माननीय पद हस्तानतरण गर्दा समेत पदलाई लत्याएर ठुलो गल्ति गरेको भन्दै अब राजनिति बाट सन्यास लिएर बृद्धाभत्तता थापेर बस्न आग्रह गर्नुभएको हो ।
    उहाँले भन्नुभयो “२०७२ सालमा संविधानसभाबाट संविधान घोषणा भएपछि यो देशको आधारभूत रुपमा व्यवस्था परिवर्तनको एउटा कोर्ष पुरा ग¥यौ । हामी अर्को कार्षको लागि २०७४ सालमा पहिलो निर्वाचन लडेर पाँच वर्ष त्यो निर्वाचनको अवधि पुरा गर्दै अहिले २०७९ सालमा हामी दोस्रो निर्वाचन गर्न गईरहेको छौ । यो निर्वाचनमा दुई वटा गठबन्धनको बिचमा भिषण प्रतिस्पर्धामा छौ । एउटा बाम–लोकतान्त्रिक गठबन्धन अर्को दक्षिणपन्थि गठबन्धन भनिराखेका छौ ।”
    “हामीले लडेर ल्याएको रगतसँग साटेको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता ध्वस्त गर्न चाहाने अर्थात संविधानलाई च्यात्न चाहाने केपी ओली नेतृत्वको गठबन्धनले जित्यो भने हामीले रगतसँग साटेको गणतन्त्र हाम्रै आखाँ अगाडी हरण हुनेछ, संघियता हरण हुनेछ त्यहाँका सम्पूर्ण धरातलहरु धरापमा पर्नेछ । ” श्रेष्ठले थप्नुभयो ।
    संविधानको रक्षा गर्नको लागि बाम–लोकतान्त्रिक गठबन्धन गरेर अगाडी सरेका श्रेष्ठको भनाई छ । देशमा विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यो विकास र समृद्धि हासिल गर्नको लागि हामी अलग–अलगबाट पहल गरेर हुने देखिएन त्यसैले यो देशलाई समाजवादको बाटो तिर लानको लागि यो गठबन्धन बनेको श्रेष्ठको तर्क रहेको छ ।
    श्रेष्ठले भन्नुभयो “यो देशको अहिलेको ठूलो शत्रु भनेको भ्रष्टचार हो । त्यो भ्रष्टचारमा सुन्ने सहनशीलता अपनाउदै हामीहरु कम्तिमा पनि सुशासन सदाचार कायम गरेर समृद्धिको बाटो तिर यो देशलाई बढाउनको निम्ति पनि हामीसँग बाम–लोकतान्त्रिक गठबन्धन बनाएर जानुको विकल्प भएन । केपीओलीको नेतृत्वमा रहेको साढे तीन वर्षको सरकारमा पनि सबभन्दा बढी इतिहासमा नै ठूलो प्राविधिक मात्र नभई नीतिगत भ्रष्टचार भएका छन् । त्यसले देशलाई कङ्गाल बनाएको छ । यो देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन, सुशासन, सदाचार र समाजवाद निर्माणको बाटो तिर अगाडी बढ्न पनि बाम–लोकतान्त्रिक गठबन्धनको विकल्प भएन । जसले गर्दा आज हामी बाम–लोकतान्त्रिक गठबन्धन बनाएर अगाडी बढिरहेका छौ ।”
    मरिणको आबश्यकताको बिषयमा आफु जानकार रहेकाले ५ बर्षमा जनताले कुनै गुनासो नगर्नि गरी काम गरेर देखाउने श्रेष्ठले प्रतिबद्धता जनाउनु भयो ।